न्यू योर्क बाट फर्केर न्यू एम्सटरड्याम हेर्दा    के हो त वेष्ट ईण्डिया कम्पनी ?

दूरबिन नेपाल     १८ मंसिर २०७६, बुधबार ०३:२९    

न्यू योर्क बाट फर्केर न्यू एम्सटरड्याम हेर्दा   

            डा.  अविन ओझा  

 

 के तपाईलाई थाहा छ ? विश्वका अधिकांश देशहरु तथा अमेरिकाको अधिकांश भुभागमा बेलायत (ईष्ट ईण्डिया कम्पनी) ले शासन गर्दा मूलत अमेरिकाको वर्तमान न्यू योर्क सीटि भने हल्याण्ड÷नेदरल्याण्ड (वेष्ट ईण्डिया कम्पनी) को शासनमा थियो । यस आलेखमा पुरानो न्यु एम्सट्रड्याम कसरी आजको न्युयोर्क सीटि बन्यो भन्ने विषयमा लिट्रेचर्स रिभ्यु (साहित्य समिक्षा) गरि तत्कालीन समयका केही पक्षहरुको स्मरण गरिएको छ ।

PlutonicTech

के हो त वेष्ट ईण्डिया कम्पनी ?
बेलायतले औद्योगिक क्रान्तीलाई गति दिन, आन्तर्राष्ट्रिय व्यापारलाई विश्वभरी फैलाउन र प्रतिष्पर्धी राष्ट्रहरु विरुद्ध आफ्नो शक्ति प्रदर्शन गर्नका लागी डिसेम्वर ३१, सन १६०० मा ईष्ट ईण्डिया कम्पनीको स्थापना गरेको थियो । तत् प्रश्चात सोही कम्पनी मार्फत बेलायतले भारत लगायत ईष्ट एसियका कयौं राष्ट्रहरुमा शासन गरेको थियो । यही प्रारुप र उद्देश्य अनुरुप स्पेन विरुद्धको आफ्नो लडाईलाई निरन्तरता दिन तथा आन्तर्राष्ट्रिय व्यापारलाई फैलाउने उद्देश्यले हल्याण्डले राजधानी एम्सटरड्याममा केन्द्रीय कार्यालय रहने गरी जुन ३, १६२१ मा वेष्ट इण्डिया कम्पनीको स्थापना गरेका थियो । वेष्ट ईण्डिया कम्पनीको स्थापना पूर्व नै हल्याण्डले ब्राजील लगायतका देशहरुसँग अन्तर्राष्ट्रिय व्यापार गर्ने गरिरहेको थियो । “दी हाल्भ म्यान” नामक डच झण्डा र डच नागरिक बोकेको समुद्री जहाजलाई बेलायती नागरीक हेनरी हडस्नले चालाउने गर्दथे । बे साउद अर्थात आजको ब्रुकलिनमा हेनरी हड्सनले उक्त समुद्री जहाज सन् १६०९, सेप्टेम्वर ४ का दिन ल्याएका थिए । उक्त समयमा लंग आइल्याण्डमा बसोबास गर्ने आदिवासीहरु सयौं माइलको दुरी हिडेर उक्त जहाजलाई भेट्न पुग्ने गर्दथे । कारण थियो, उनीहरुले उत्पादन गरेको चक्कु, माणिक÷मोतीको मालासँग चुरोट या सुर्ति विनिमय गर्थे । त्यो वेला व्यापार हुने मुख्य उत्पादनहरु सुर्ति, कपास, फर, र नील (ईण्डिगो) थिए । बे साउद डच जहाजको लागि एउटा स्टप स्टेशन जस्तो भई सकेको थियो । सन् १६०७ को मे १४ का दिन बेलायतले भर्जिनियाको जेम्सटाउनमा आई अमेरीकामा आफ्नो साम्राज्य विस्तार गर्न सुरु गरिसकेको थियो । सन् १६२१ मा स्थापना भएको वेष्ट ईष्डिया कम्पनीले १६२३ मा हालको म्यानहाटनमा केही भवनहरु लिएर स्थायी रुपमा व्यापार शुरु गर्यो । तत्कालिन समयमा डचहरुले म्यानहाटनलाई ६० गिल्डर्स (२४ डलर) दिएर आदवासी अमेरीकनहरुबाट किनेका थिए । यसलाई न्यू एम्सटरड्याम नामाकरण गरे । सन् १६३६ मा ब्रुकलिन हुंदै सन् १६५७ मा तत्कालीन न्यू टाउन आजको अस्टोरिया क्विन्समा शासन विस्तार गरेको थियो ।

कसरी बसाईयो त डच बस्ती?
सन् १६२९ मा वेस्ट ईण्डिया कम्पनीका निर्देशकहरुले डचहरुलाई न्यू एम्सटरड्याममा १० वर्ष सम्मका लागी कर छुट, दासता राख्ने छुट, आदिवासीको जग्गा हड्प्न सक्ने अधिकार लगायताका सुविधाहरु दिदै आप्रवासनको लागी आव्हान गर्यो । तर डचहरुले खासै आप्रवासनकोलागि उत्साह जनाएनन् । सन् १६४१ मा आप्रवासनका लागी ठूलो संख्यामा इंगलिस नागरिकहरुकै आवेदन पर्यो । वेष्ट ईण्डिया ले ती इंगलिसहरुलाई आफ्नो किल्ला नबनाउने र न्यू इंगल्याण्ड (वर्तमानमा उत्तरपूर्वका ६ राज्यहरु मेन, भर्मण्ट, न्यू हम्सायर, म्यासचुसेट, रोड आइल्याण्ड, र कन्याकटिकेट) लाई सहयोग नगर्ने शर्तसहित आवास दियो ।

कस्तो थियो त दास प्रथा डच शासनमा ?
सन् १६१९ को अगष्टमा पहिलो पटक अंग्रेज शासकले १९ जना अश्वेत अफ्रिकनलाई र्भजिनीयाको जेम्सटाउनमा दासको रुपमा ल्याएका थिए । तत् पश्चात नै अमेरिकामा दास प्रथाको शूरुवात भएको मानिन्छ । न्यू एम्सटरड्याममा सन् १६२६ मा ११ जना अफ्रिकनलाई हड्सन भ्याली र दक्षिण आइल्याण्ड क्षेत्रमा कृषि विकासको निम्ति ल्याइएको थियो । भर्जिनीयन शासकहरुले झैं डचले पनि अफ्रिकनलाई फरक एवम निकृष्ट व्यवहार गरेका थिए । शुरुमा अफ्रिकनहरुलाई पनि पराधीन (अन–फ्री) गोरा झै नोकरको रुपमा ल्याइएको थियो । आर्थिक विपन्नता र अमानवीयकरणका कारण अफ्रिकनहरु दासताको शिकार भएका थिए । न्यू एम्सटरड्यामको एउटा रोचक प्रसँग यहाँ जोडौं ः
सन् १६२६ मा ल्याइएका ११ जना अश्वेत अफ्रिकन नोकरहरुले वेष्ट ईण्डिया कम्पनीका लागी १८ वर्ष काम गरेपछि उनीहरुले अन्य अन–फ्री नोकर सरह स्वतन्त्रताको माग गर्दै पेटेसन फाइल गरेका थिए । तत्कालीन गर्भनरले ती ११ जना अफ्रिकनको पक्षमा पैmसला गर्दै उनीहरुलाई स्वतन्त्रता दिए । तर उनीहरुले अन्य स्वतन्त्र नागरिक सरह राज्यलाई कर तथा अन्य शुल्क तिर्नु पर्ने थियो । १८ वर्ष दासका रुपमा काम गरेका तिनीहरुसँग न धन थियो न त अचल सम्पत्ति नै । राज्यलाई तिर्नु पर्ने तिरो तिर्न नसके पछि ती फ्रि भएका अफ्रिकनहरु पुनः दासतामा र्फकनुपर्ने अवस्थाको श्रृजना भयो । सन् १६४४ मा आई पुग्दा न्यू एम्टरड्यामका सबै अफ्रिकनहरु आजिवन दासताकै रुपमा र्फकिसकेका थिए । सन् १६६४ को “दी डुक अफ योर्क प्रोक्लेमेशन” ले स्पष्ट रुपमा “नो क्रिस्टेन स्यल वी केप्ट इन बण्ड स्लेभरी” परित गर्यो । १७ औं शताब्दीको अन्तसम्म आइपुग्दा अधिकांश अफ्रिकनहरु क्रिस्टेन भइ सकेका थिए तर उनीहरु ले स्वतन्त्रता भने पाएनन् ।
कहाँ चुक्यो त हल्याण्ड ?
न्यू एम्टरड्याममा आपेक्षाकृत रुपमा डच नागरिकहरुलाई आर्कषित गर्न नसक्नु नै हल्याण्डको ठूलो कमाजोरी बन्यो । डचहरुले स्पष्ट रुपमा आफूहरु अमेरीकन नबन्ने बताउंदै आप्रवासनका लागी खुल्ला गरिएको आवेदन नै दिएनन् । तत् पश्चात न्यू इंगल्याण्डको बढ्दो जोखिमलाई मध्यनजर गर्दै बस्ती बाक्लो बनाउन इंगलिस मानिस वा क्रिस्चियन जो कोहीलाई न्यू एम्सटरड्यामा स्वागत गरियो । फलत, सन् १६५० मा आइपुग्दा डच शासकहरुले आफ्नो राज्य कमाजोर भएको महशुस गरे । त्यही समय न्यू एम्सटरड्यामको पूर्वी भाग बेलायती शासकले आफ्नो दावी गरे । परिणामतः एंग्लो डच युद्ध (१६५२–१६७४) विभिन्न चरणमा भयो । दोश्रो एंग्लो डच युद्ध (१६६५ –१६६७)मा डचले हार्यो । अन्तत् न्यू एम्सटरड्यको अन्त्य भयो । बेलायती शासक ले “डुक आफ योर्क” को सम्मानमा “न्यू योर्क” नामाकरण गरे ।

Bhatta Law & Associate

     – a[email protected]  

 लेखक सिटी युनिभर्सीटी अफ न्युयोर्क अन्तर्गतको योर्क कलेजका प्राध्यापक हुन


१८ मंसिर २०७६, बुधबार ०३:२९ मा प्रकाशित