यस्ती शिक्षिका जसले पांच विद्यार्थीसंग यौन सम्बन्ध राखेपछि जागिर गुमाइन शिक्षिकाबारे अनुसन्धान चल्दै

दूरबिन नेपाल     २१ मंसिर २०७६, शनिबार ०४:२८    

दुरबिन नेपाल
३० बर्षकी फिओना भिओटी जो दक्षिण अफ्रिकाको केप टाउनको कुलिन परिवारका सदस्यहरु अध्ययन गर्ने बिशप डायोकेसन कलेजकी चर्चित वाटर पोलो कोच थिइन । कलेजमा मात्र होइन उनको सुन्दरताको चर्चा त्यो क्षेत्र भरी नै हुन्थ्यो । तर फिओनामाथी गम्भिर आरोप लाग्यो । उनले कम्तीमा पाँच जना विद्यार्थीसंग अवैध यौन सम्बन्ध राखेको आरोप लागेपछि उनी आफैले राजिनामा दिइन । सन २०१३ देखि १९ सम्म सो कलेजको वाटर पोलो कोच रहेकी फिओनालाई विद्यार्थीहरुसंग सुतेको अनि उनीहरुलाई अश्लिल तस्विर तथा भिडियोहरु सामाजिक सञ्जाल मार्फत पठाएको गम्भीर आरोप लागि रहेको छ । उनी पूर्व मोडल तथा आफ्नो टीन एजमा वाटर पोलो स्टारको रुपमापनि ख्याती कमाएकी चर्चित सुन्दरी पनि हुन । सन २००९ मा त दक्षिण अफ्रिकी खेल सुन्दरी कै उपमा दिइएकी फिओना । एक १८ बर्षीय विद्यार्थीसंग शारिरीक सम्बन्ध राखेको आरोप लागेपछि उनका अन्य कर्तुतहरुपनि बाहिर आउन थाले । त्यसपछि उनले राजीनामा दिइन, उनीमाथीको अनुसन्धान जारी छ । अनुसन्धानले उनले अन्य धेरै विद्यार्थीहरुसंगपनि त्यस्तो सम्बन्ध राखेको देखिएको छ ।

उनीमाथी कुनैपनि अनुशासनको कारवाही नहुने ?
फिओनाको विद्यालय अर्थात बिशप डायोकेसन कलेजका प्रिन्सीपल गे पियर्सनले उनीमाथी अनुशासनको कारवाही गर्न अफ्नो विद्यालय असमर्थ भएको बताएका छन । किनकी पहिलो कुरो त उनले राजीनामा दिइसकेकी छिन, दोस्रो उनले शारिरीक सम्बन्ध बनाएका भनीएका विद्यार्थी सबै १६ बर्षमाथीका छन । दक्षिण अफ्रिकाको काननु अनुसार १६ बर्ष उमेर कटेकाले सहमतिमा यौन सम्बन्ध राख्नुलाई अपराध मानिदैन । सोही कलेजमा सन १९८२ सम्म प्रिन्सीपल रहेका आरोपी शिक्षिका फिओनीका हजुरबुबाले भने अनुसन्धानको लागि कुरा गर्न इन्कार गरेको बताइएको छ । फिओनीले एक बर्ष पहिले विवाह गरेपनि सम्बन्ध विच्छेद गरेर बसेकी छिन ।

तस्विर: एजेन्सी


२१ मंसिर २०७६, शनिबार ०४:२८ मा प्रकाशित