१३ ‌औं साग : पुरुष फुटबलको स्वर्ण नेपाललाई, भुटान २-१ ले पराजित 

दूरबिन नेपाल     २४ मंसिर २०७६, मंगलवार ११:२८    

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । दशरथ रंगशालमामा केही समय अगाडि सम्पन्न फाइनलमा भुटानलाई २-१ गोलले हराउदै नेपालले स्वर्ण पदक जितेको हो । नेपालले १२ औं सागमा पनि पुरुष फुटबलको स्वर्ण जित्न सफल भएको थियो ।

 

घरेलु मैदानमा नेपालले १७ औं मिनेटमा लिएको अग्रता लिएको थियो । अभिषेक रिजालले खेलको पहिलो गोल गरेका थिए । तर पछिल्लो समयमा फुटबलमा फड्को मारेको भुटान त्यसै हार मान्ने पक्षमा थिए । ३७ औ मिनेटमा कप्तान चेन्चो ग्याल्चेनले भुटानका लागि बराबरी गोल गरे ।

दोस्रो हाफमा नेपालले दोस्रो गोल सम्भव पार्यो ।  ५५ औं मिनेटमा सुनिल बलले गोल गरे । अन्तत सोही गोल नै नेपाललाई लगातार दोस्रो र समग्रमा चौथौ पटक दक्षिण एशियाली खेलकुद सागमा पुरुष फुटबलको स्वर्ण दिलाउन निर्णायक बन्यो ।

पुरुष फुटबलको स्वर्ण सँग नेपालले यस सागमा ५१ स्वर्ण जित्दै दोस्रो स्थान सुरक्षित गरेको छ ।

फोटो : रासस


२४ मंसिर २०७६, मंगलवार ११:२८ मा प्रकाशित