नेपालमा भुकम्पको शक्तिशाली धक्का 

दूरबिन नेपाल     २६ मंसिर २०७६, बिहीबार १४:४३    

नेपालमा भुकम्पको शक्तिशाली धक्का 


काठमाण्डौ
बिहीबार साँझ राजधानी लगायत मध्ये पूर्वपूर्वका केही जिल्लामा भूकम्पले शक्तिशाली धक्का दिएको छ । 
राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले साँझ ७ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रबिन्दु  भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । 

सिन्धुपाल्चोक केन्द्रबिन्दु भए पनि काठमाण्डौ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुली र काभ्रेपलाञ्चोकमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।  भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भैसकेको छैन ।

PlutonicTech

२६ मंसिर २०७६, बिहीबार १४:४३ मा प्रकाशित