काँग्रेस कार्यसमिति बैठकमा कुर्ची खाली, पौडेल पक्षको छुट्टै पत्रकार सम्मेलन (फोटो फिचर) 

दूरबिन नेपाल     २६ मंसिर २०७६, बिहीबार १५:३२    

काँग्रेस कार्यसमिति बैठकमा कुर्ची खाली, पौडेल पक्षको छुट्टै पत्रकार सम्मेलन (फोटो फिचर) 

काठमाडौै । इतिहासमा सबै भन्दा कमजोर र  संकटमा रहेको नेपाली काँग्रेस पार्टीको गुटगत विवाद सतहमा नै आएको छ । जसरी पनि पार्टी कब्जा गर्ने सभापति शेरबहादुर देउवा पक्षको रणनीति र पार्टीमा भागवण्डा खोज्ने पौडेल पक्षको अडानले नेपाली राजनीतिकै पुरानो र लोकतान्त्रीक दावी गरिने पार्टी झन् झन् दलदलमा पर्दै गएको छ ।

 

देउवा  १४ औ महाधिवेशनको मिति धकेल्दै लाने र अर्को पटक पनि आफु जसरी पनि सभापतिमा आउने रणनीतिमा छन् । त्यसै अनुरुप उनले अहिले विभागको संख्या भारी मात्रामा थप गर्ने प्रस्ताव गरेका छन् । पौडेल पक्षले पार्टी महाधिवेशन प्रक्रियामा जानु पर्ने र त्यो एजेण्डा केन्द्रिय कार्य समितिमा आउनु पर्ने अडान राखेका छन् । सोही अडानका कारण पौडेल पक्षले बिहिवारको केन्द्रिय कार्यसमिति बैठक बहिस्कार गरे । उता देउवाले अधिकांस खाली कुर्ची रहेको बैठकबाट भडाभट निर्णयहरु गराए ।

PlutonicTech

 

नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक बिहबार पार्टी केन्द्रिय कार्यालय ललितपुरको सानेपामा बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु । तस्वीर : रोशन सापकोटा ,रासस

 

 

नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको नेका केन्द्रीय कार्य समितिको बैठक । तस्वीर : रोशन सापकोटा ÷रासस

२६ मंसिर २०७६, बिहीबार १५:३२ मा प्रकाशित