अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेर उत्कृष्ट ४० विश्व सुन्दरीमा

दूरबिन नेपाल     २६ मंसिर २०७६, बिहीबार १६:००    

अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेर उत्कृष्ट ४० विश्व सुन्दरीमा


अमेरिका ।

मिस वर्ल्ड  २०१९ का लागि भइरहेको  प्रतिस्पर्धामा मिस नेपाल अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छन् ।  उनले यस अघि ११२ देशका सुन्दरी बीच भएको हेड टु हेड च्यालेन्ज जितेर उत्कृष्ट ४० भित्र आफूलाई सुरक्षित गरिसकेकी थिइन । अनुष्काले मिस वर्ल्डको को हेड टु हेड च्यालेन्जमा भोट र आफ्नो क्षमताले अरुलाई पछाडि छोड्दै उत्कृष्ट १० जनामा आफ्नो स्थान बनाएको मिस वर्ल्ड २०१९ को आधिकारिक फेसबुक पेजमा उल्लेख छ ।   निक्कै महत्वपूर्ण मानिने हेड टु हेड च्यालेन्ज र मल्टि मिडिया अवार्ड सँगै ६९ संस्करणको मिस वर्ल्ड २०१९ को उपाधिका दाबेदारहरूको सूचीमा अनुष्का सुरक्षित भइन् । 

PlutonicTech

अव उत्कृष्ट ४० सुन्दरी बीचबाट अनुष्काले विश्व सुन्दरीको ताज पहिरने प्रतिस्पर्धामा अगाडि बढाउनु पर्ने हुन्छ । एक पछि अर्को प्रतिस्पर्धामा अब्बल देखिँदै आएकी अनुष्काको यात्रा कहाँसम्म पुग्ने हो भन्नेमा धेरै नेपाली बीच चर्चा र चासोको विषय भएको छ ।

 


२६ मंसिर २०७६, बिहीबार १६:०० मा प्रकाशित