हैट ! नोवेल विजेताले ठ्याक्कै मिलाइन  बित्ते, माइलो अर्थात मनोजसँग नोवेल विजेताको त्यो अटोग्राफ  

दूरबिन नेपाल     ६ पुष २०७६, आईतवार ०१:१२    

हैट !  नोवेल विजेताले ठ्याक्कै मिलाइन 

मनोज घिमिरे , न्युर्योक

सर्लाहीमा कक्षा पाँचसम्म पढ्दा साथीभाइ र सरहरुले बोलाउने मेरो नाम थियो बित्ते । बित्तेको शाब्दिक अर्थ हुन्छ कम उचाइ भएको वा उमेर अनुसार बढ्न नसकेको । वास्तविक नाम मनोज घिमिरे भएपनि मलाई बित्ते  उपनाम दिने चाहि कुनै पण्डित, घरपरिवारका सदस्य र साथीभाइ होइन स्कुलकै हेडसर मोहनराज दाहाल हुन् ।  

PlutonicTech

म पढ्न तेज थिए । त्यहाँ पढाउने मिसदेखि हेडसरसम्म गाउँकै भएका कारण कक्षा ५ पछि मलाई बोलाउने नाम परिवर्तन भयो । हेडसरको मुखबाट माइलो भनेर बोलाउन थालेपछी  बित्ते नाम हरायो । जन्म दर्ता देखि स्कुलमा मनोज घिमिरे भएतापनि सबैले मलाई माइला भन्न थाले । तराइको भएकाले मधेशी समुदायका मानिसले मलाई ‘गोविन्देका वेला माइला’ र कोहीले माइलालाई बिगारेर अझै ‘माइला रे’ भन्थे । यो घटना मेरा कोही बालशखाहरुलाई याद हुन पनि सक्छ । 

बढ्दै र पढ्दै माध्यमिक स्कुलमा पाइला हालियो । त्यहाँ माइलाबाट मनोज घिमिरे त भए, तर साथीहरूले बोलाउँदा ‘मनोजे’ भन्थे । अझ, मधेशी मूलका साथीहरूले मलाई बोलाउँदा ‘मनोज वा रे’ भन्थे । मलाई मधेशी मूलको मेरो क्लासको फस्ट मात्रै थियो होला, जसले मलाई मनोज भनेर सम्मानका साथ बोलाउथ्यो ।  

त्यो उमेर र स्कुले जीवनका केही संस्मरणहरू अहिले पनि ताजा बनेर आँउछन् ।  गाउँ र स्कुलका समकक्षीहरू सरको छोरा, भतिजहरु गरि सात आठ जना थिए । तर सरहरुले आफ्नो छोरो र भतिजलाई भन्दा पनि बढी माया गरिरहेको आभाष हुन्थ्यो । अङ्ग्रेजी सर विष्णु हाडाले मलाई थरले बोलाउनु हुन्थ्यो । कक्षमा रहँदा लौ, घिमिरे यो भनेको के हो भनेर सोध्नसाथ म जवाफका लागि तयार भइहाल्थे ।  

Bhatta Law & Associate

जन्म तिथि, मिति र योग नक्षत्र अनुसार न्वारानको नाम उपेन्द्र घिमिरे हो । मेरो न्वारन  गर्ने बाहुन, आमाबुवा र ज्योतिस वाहेक कसैलाई थाहा छैन । एक समय यस्तो पनि आयो कानुनी प्रयोजन र शैक्षिक प्रमाण पत्रमा सधैँका लागि कुन नाम राख्ने भन्ने दुबिधा भयो । नौ कक्षामा फारम भर्दाको समय थियो त्यो । नेपाली सर सीताराम दाहालले मनोज घिमिरे नै राख्न सुझाए र म सहमत भए । र, अहिले सम्म उनकै कारण मेरो कानुनी नाम मनोज घिमिरे नै छ । 

काठमाडौँ आएसँगै म पत्रकारिता क्षेत्रमा जोडिन पुगे । पत्रिकामा बाइलाइन होस वा, टिभीको क्रेडिट लाइनमा मनोज घिमिरेकै नामले पाठक, दर्शक र श्रोता बीचमा म चिनिन थाले । नेपालमा मिडियामा काम गरेका कारण अहिले अमेरिकाको व्यस्त सहर न्यूयोर्कमा रहँदा पनि कहिलेकाँही अपरिचित ब्यक्तिले नाम लिएर मनोज घिमिरे नै हैन तपाई भन्दै परिचय गर्न आउदा र टिभिमा देखेको बताउदा छुट्टै महसुस हुँदो रहेछ । 

अमेरिका आएपछि पनि केही कारण छन् र त म तिनै बाल्यकालको यादमा डुबी रहन्छु ।
अमेरिका आएसगै मेरो नाम बिगारेर बोलाउने जमात थपिदै छ । उनीहरुले बिगारेर बोलाउँदा पनि मैले बुझेर बोलिदिनु पर्ने मेरो दैनिकी भएको छ । मनोज भन्न नजानेर  स्टारवक्समा कफि किन्दा होस वा रिर्पोटिगको क्रममा भेटिएका अरु देशका आर्थिक रिर्पोटरहरु किन नहुन मनोजलाई कत्तिले मन, मनु, मनेस, मनेज मानेज, मानुज भनेर वोलाउछन वा लेखिदिन्छन । हैट! आफ्नै नाम बिरुप बनाएको पनि आफैले सुन्नु र हेर्नु पर्ने । विदेशीले नाम सही लेखुन वा भनुन भन्ने हो भने, वच्चामा एक फर एप्पल भने जस्तै, मनोजलाई अग्रजीमा एम फर माउटेन, ए फर एप्पल, एन फर नेस्सी, ओ फर ओस्कार र जे फर जापन नभनेसम्म उनीहरुले शुद्धगरी नाम लेख्दैनन । 

तर  एक महिना अघि अविस्मरणिय संयोग जुर्यो । अरुलाई जस्तो मेरो नाम मनोज हो र यसको स्पेलिग यस्तो हुन्छ भनेर भन्नुपरेन । कुरा हो, एक महिना अघि नोवेल पुरस्कार विजेता एस्टर डुफ्लोले मलाई उनको किताव गुड इकोनोमिक्स फर हार्ड टाइम्स, विमोचनपछि पुस्तकमा हस्ताक्षर गर्दाको वखत हो । 

उनले मेरो नाम राम्रोसग लेख्दै गर्दा पनि मलाई नाम विर्गाछिन की जस्तो लागेर मैले मनोजको अन्तिम ज को अग्रजी जे भने । उनलाई Manoj वा  Manog  भनेर अन्यौल नहोस भनेर जे भनिरहेको थिए । 

फ्रान्स मुलकी अर्थशास्त्री एस्टरले शुद्ध गरी अटोग्राफ दिदा मन नै फुरुंग भएको थियो । कारण थियो, अहिलेसम्म अरुले मेरो नाम बिगारेर वोलाएपनि नोवेल पुरस्कार विजेताले उनको कितावमा त सही नामले अटोग्राफ दिइन । 

हुनसक्छ, उनको श्रीमान अभिजीत वनर्जी भारतीय मूलका भएर, उनलाई एसिएन नाम मनोज भन्ने थाहा थियो । तर, मलाई उनको अटोग्राफ सहित लेखेको फर मनोज र उनको हस्ताक्षर चाहि धेरै वर्षसम्म याद रहिरहनेछ । 

मैले उनले दिएको अटोग्राफको फोटो, फेसवुक, ट्वीटर, इस्टाग्राम र लिगंडेनमा पनि सेयर गरे । अहिलेसम्म आफुले थाहा भए देखि नाम बिगारेर वोलाउनेको जमातमा नोवेल पुरस्कार विजेता एस्टरको अटोग्राफप विशेष थियो मेरो लागि, विशेष नै रहिरहेनछ कयौ वर्षसम्म । 

हुन पनि किन नहोस, उनी यो बर्ष २०१९ को अर्थशास्त्रतर्फ गरीवि निवारण गरेवापत नोवेल पुरस्कार पाउने तीन जना मध्ये एक अर्थशास्त्री हुन । अर्थशास्त्रतर्फ नोवेल पुरस्कार पाउने कम उमेरमा र दोस्रो महिला हुन ।

मेरोअघि लाइनमा रहेका चिनीया लगायत, अरु देशका मानिसहरु पनि अटोग्राफका लागि उभिएका थिए । उनले पनि नाम विगारिदिन्छिन् की भन्ने डर लाइनमा बसेका अरुलाई पनि लागि रहेको बुझ्न सकिन्थ्यो । त्यसैले उनीहरुले पेपरमा वा मोवाइलमा आफ्नो नाम देखाउदै अटोग्राफ मागे । तर, जे होस, मेरो नाम सही लेखर अटोग्राफ दिएकोमा एस्टरप्रति आभारी भए । 

विश्वब्यापी गरीवि निवारण गर्नका लागि उल्लेखनीय भुमिका पुराएको भन्दै करिव ३ महिना अघि यो बर्षको अर्थशास्त्रतर्फको नोवेल पुरस्कार एस्टर लगायत्त अन्य दुइ अर्थशास्त्रीद्धय अभिजीत वनर्जी र माइकल क्रेमरले पाएका थिए ।

मुख्यगरी भारतमा गरिवीसग जुद्ने बैज्ञानिक विधि, कसरी गरिवले शिक्षा, स्वास्थ्य, खानेकुरा र पैसाा  वारे आफ्नो आफ्नो धारण बनाउछन भन्ने अनुसन्धान आधारीत थियो । 

जसको पुरस्कार राशि मात्रै ९० लाख स्वीडिस क्रोना डलर अर्थात ९ लाख अमेरिकन डलर रहेको छ ।


६ पुष २०७६, आईतवार ०१:१२ मा प्रकाशित