शहीद स्मारक लिगमा मनाङको तेस्रो जित, ब्रिगेड १-० ले पराजित

दूरबिन नेपाल     १० पुष २०७६, बिहीबार १५:२१    

काठमाठौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा  मनाङ मर्स्याङ्दी क्बलले तेस्रो जित हात पारेको छ । अधिकांश नयाँ खेलाडी सहित लिगमा उत्रिएको मनाङले  एन्फा कम्प्लेक्समा भएको खेलमा  ब्रिगेड ब्वाइज क्लबलाई १-० गोलले हरायो ।

 

२५ औ मिनेटमा जगदित श्रेष्ठले गरेको गोल दश खेलाडीमा खेल टुङ्गाएको मनाङको जितमा निर्णायक बन्यो ।  ७४ औं मिनेटमा एकराज बुढाथोकी रातो कार्ड खादै बाहिरएका थिए ।

जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ३ खेल खेलेको मनाङले ३ मा नै जित निकाल्दै ९ अंक जोडेको छ।


१० पुष २०७६, बिहीबार १५:२१ मा प्रकाशित