अमेरिका र इरान युद्धको नजिक तनाव मध्यपूर्वमा त्रास विश्वभरी

दूरबिन नेपाल     १९ पुष २०७६, शनिबार ०५:४५    

अमेरिका र इरान युद्धको नजिक

समाचार टिप्पणी
बद्रि गौतम, दूरबिन नेपाल
यतिखेर संसारभरीका सञ्चारमाध्यमहरु मध्यपूर्वमा पछिल्लो समयमा विकास भएको घटनाक्रमहरुमा केन्द्रित छन । केहिदिन अघि अमेरिकाको हवाइ आक्रमणमा इरानका उच्च स्तरका सैन्य कमाण्डर कासेम सोलेमानीको मृत्यु भएपछि अमेरिका र इरान युद्धको लागि आमने सामने भएको निष्कर्ष निकाल्न थालिएको छ । आफ्ना भरपर्दा कमाण्डर तथा माष्टर माइण्ड मानिएका सोलेमानीको मृत्यु इरानको लागि पीडामात्र होइन प्रतिष्ठापनि हो । किनकी सोलेमानी इरानका सर्वोच्च नेता अलि खामेनीका दाहिने हातमात्रै थिएनन, इरानी सैन्य रणनीतिकारपनि थिए ।


को हुन अमेरिकी आक्रमणमा मारिने सोलेमानी
कासेम सोलेमानी एक सैन्य अधिकारीमात्र थिएनन । इरानी सैनिकका आधार र भरोसापनि थिए । अर्कोतर्फ उनी इरानी सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीका विस्वासपात्र पनि थिए । समग्र मध्युपूर्वमा इरानी गतिविधिको नेतृत्व गर्ने सोलेमानी अमेरिकाको टाउको दुखाइ त छंदै थिए । अर्को तर्फ अमेरिका विरुद्धका आतंकवादी गतिविधिको नेतृत्वपनि उनैले गर्थे भन्ने आरोप अमेरिकाको छ । मध्यपूर्वबाट अमेरिकालाई खेद्नुपर्छ भन्ने मान्यता राख्ने सोलेमानीले अमेरिका विरुद्ध रसियालाईपनि मध्यपूर्वमा निम्त्याउन प्रमुख भुमिका खेलेका थिए । उनकै पहल र आस्वस्तामा रसियापनि सिरीयाको युद्धमा संलग्न भएको विष्लेशकहरुको अनुुमान छ । सोलेमानीले आइएसआइएस विरुद्धको मोर्चामात्र सम्हालेनन, मध्यपूर्वका अमेरिका विरोधी विद्रोही संगठनहरुलाईपनि एकिकृत गरेर अमेरिका विरोधी गतिविधिमा सैन्य तथा आर्थिक सहयोग प्रदान गर्न महत्वपुर्ण भुमिका खेलिरहे । पछिल्लो समय इराकस्थित अमेरिकी दुतावासमा आक्रमणपनि इरान र सोलेमानीकै योजनामा भएको निष्कर्ष अमेरिकाले निकालेको थियो । मध्यपुर्वका मुलुकहरु इराक, सिरिया, लेवनान तथा यमनमा इरानी हस्तक्षेपको प्रत्यक्ष नेतृत्वपनि सोलेमानीले गरेका थिए । उनी योजना बनाउनेमात्र होइन । निर्देशन दिनेमात्रपनि होइन युद्ध तथा विवादको मोर्चामा आफै संलग्न हुने स्वभावका थिए । त्यसैले उनले अमेरिका विरोधी संवेदनालाई आफ्नो पक्षमा पार्न सफल भएका थिए । मुस्लिममा पनि सिया समुदायको हक हितका प्रेरणा मानिने सोलेमानीलाई इरानको पछिल्लो विदेश नीतिका प्रवर्तक समेत मानिन्छ । यसकारण उनको मृत्युको बदलालाई इरानले आफ्नो प्रतिष्ठाको विषय बनाउने देखिन्छ ।

PlutonicTech

मध्यपूर्वको पछिल्लो त्रास, के हो सामरिक महत्व ?
इरानी स्वार्थ
मध्यपुर्वको विवाद भनेको इन्धनमाथीको पहुंच हो । अथाह तेल भण्डार भएको मध्यपुर्वमा जसले पकड जमाउंछ उसैले विश्व तेल बजारमा रजाईं गर्न पाउछ । इरान र अमेरिकाको विवादको मुल चुरोपनि मध्यपूर्वमा रहको श्रोत नै हो । अमेरिका र इरानले एकले अर्कोलाई सो क्षेत्रमा निष्प्रभावी बनाएर आफ्नो स्वार्थपूर्ति गर्न चाहन्छन । पछिल्लो विवादको जरोपनि त्यहि नै हो । अमेरिका र इरान लामो समयदेखिकै ठुला शत्रु भएपनि प्रत्यक्ष युद्धमा भने कहिलेपनि सामेल भएनन । तर राण्नीतिक रुपमा एक अर्काको विरोधीहरुलाई समर्थन गर्ने काम भने गरिरहे । पछिल्लो दशकमा मध्यपूर्वमा इरानले आफ्नो उपश्थितीलाई बढाउन चाहेको छ भने क्षेत्रीय नेतृत्व आफ्नो हातमा पार्न खोजेको देखिन्छ । किनकी बेला बेलामा इरानले मध्यपूर्वको सुरक्षा आफुले गर्ने बताउंदै आएको छ । इरानी महत्वकांक्षामा सबैभन्दा ठुलो बाधक अमेरिका नै हो । अर्को तर्फ सिया बाहुल्य इरानको मध्यपूर्वको सबैभन्दा ठुलो शत्रु मुलुक साउदी अरेबीयालाई अमेरिकाको पुर्ण समर्थन छ । साउदी अरबको सुरक्षाको जिम्मा नै अमेरिकाले लिएको छ । धार्मिक वा सामरिक दृष्टिलेपनि अमेरिका इरानी महत्वकांक्षाको प्रमुख बाधक हो । त्यसैले अमेरिकालाई मध्यपूर्वबाट धपाउन सकियो भने सो क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न सकिन्छ भने इरानको बुझाइ हो । त्यसमा सत्यतापनि छ । किनकी अमेरिकाको सहयोग नहुने हो भने मध्युपुर्वका अन्य मुलुकहरुलाई इरानले सजिलै आफ्नो प्रभुत्वमा ल्याउन सक्छ । यसकारण जसरीपनि अमेरिकालाई पछि धकेल्न चाहन्छ इरान ।

अमेरिकी स्वार्थ
अमेरिकाकोलागि मध्यपूर्वमा रहेको तेलमाथीको नियन्त्रणका लागि इरान प्रमुख वाधक हो । किनकी इरान आफैमा अथाह तेल भण्डार भएको मुलुक हो । मध्युपूर्वमा अमेरिकाको डटेर सामना गरिरेहेको इरानलाई कमजोर पारियो भने आफ्नो प्रभुत्व त बढ्छ नै, इरानलाई आंखा चिम्लेर समर्थन गरिरहेका रसिया जस्ता मुलुकलाईपनि सन्देश दिन चाहन्छ अमेरिका । अर्कोतर्फ इजरायललाई सिध्याइदिने धम्कि दिंदै आएको इरानलाई तह लगाउन सकेमा इजरायलको भविष्यपनि सुनिश्चित हुने बुझाइ अमेरिका लगायत युरोपेली मुलुकहरुको छ । विश्वमा तेल निर्यात गर्ने चौथो मुलुक इरानलाई साइजमा ल्याउन वा आफ्नो प्रभावमा पार्न सकियो भने मध्यपुर्वको इन्धनको श्रोतमाथीको पकड बलियो हुन्छ नै, अर्को तर्फ सो क्षेत्रबाट हुने अमेरिकका विरोधी गतिविधिलाईपनि नियन्त्रण गर्न सकिन्छ भन्ने अनुमान अमेरिकाको छ । तर इरान अमेरिकाको लागि फलामको च्युरा नहोला भन्न सकिन्न । किनकी इरान आफैमा आणविक शक्ति सम्पन्न मुलुक त हो नै शक्तिशाली मुलुक रसिया र चीनको पनि समर्थन छंदैछ । यसकारणपनि इरानले अमेरिकासंग जोरी खोज्ने आंट गरेको अनुमान गर्न कठिन छैन ।

दोस्रो विश्वयुद्धपछि संधै कुनै न कुनै द्वन्द्वमा जेलिंदै गएको क्षेत्र हो मध्यपूर्व । तात्कालिन सोभियत संघले अफगानिस्तानमाथी सैन्य हस्तक्षेप गरेपछि होस वा इरान र इराक युद्धको बेला वा कुबेतमाथी इराकी आक्रमणपछि अमेरिकाको प्रत्यक्ष संलग्नताको शुरुवात नै किन नहोस । मध्यपूर्वका जनताले दोस्रो विश्वयुद्धपछि नै शान्तिको सास फेर्न पाएका छैनन । अझ इजरायल र प्यालेष्टाइनको अस्तित्वको लडाइले थोपरेको अर्को चिन्ता त छंदैछ । अमेरिकाले मध्यपूर्वको सामरिक महत्वलाई बुझेर साउदी अरब, कुबेत, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकमा आफ्नो सैन्य अखडा राख्दै आएको छ । यदि इरान र अमेरिका प्रत्यक्ष युद्धमै होमिए भने यसको मुल्य संसारले नै चुकाउनु पर्नेछ । आर्थिक देखि सामरिक मात्र होइन सो क्षेत्रका निर्दोष जनताको ज्यान जानेछ भने महिला बालबालिकाहरुको झन विजोग हुनेछ ।

Bhatta Law & Associate

एजेन्सीको सहयोगमा


१९ पुष २०७६, शनिबार ०५:४५ मा प्रकाशित