इरानद्वारा इराकस्थित अमेरिकी सैन्य क्याम्पमा दर्जन बढी मिसाइल आक्रमण अमेरिकी राष्ट्रपति भन्छन सबै ठिक छ, क्षतिको बिवरण आउन बांकी

दूरबिन नेपाल     २३ पुष २०७६, बुधबार ०३:५२    

इरानद्वारा इराकस्थित अमेरिकी सैन्य क्याम्पमा दर्जन बढी मिसाइल आक्रमण

दूरबिन नेपाल, अमेरिका
आफ्ना उच्च स्तरका सैन्य अधिकारीको मृत्युको बदलास्वरुप इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमाथी मिसाइल आक्रमण गरेको छ । अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अनुसार दर्जनभन्दा धेरै मिसाइलद्वारा अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरिएको छ । आक्रमणबाट के कति क्षति भयो भन्नेबारे कुनै जानकारी आएको छैन । यद्यपि अमेरिकी अधिकारीहरुले इरानी आक्रमणबाट कुनै क्षति नभएको दावी गरेका छन । आक्रमण अमेरिकी सैनिकको वेस क्याम्प रहेको अल अनबरको ऐन अल असद हवाई अड्डामा भएको थियो । जसमा १३ वटा रकेट प्रहार गरिएको समाचारमा जनाइएको छ । इरानले भने उक्त ब्यालिस्टिक क्षेप्यास्त्रहरू अल असद अखडा लक्षित गरेको दावी गरेको छ । इराकस्थित अमेरिकी सैन्य अधिकारीहरुलेपनि अहिलेसम्मे कुनै क्षति नभएको बताएको छ । इरानसंगको चुलिदो तनावविच ह्वाइटको सुरक्षामा थप कडाइ गरिएको एक सैन्य अधिकारीले वताएका छन ।


आक्रमणबारे ट्रम्प भन्छन “अल इज वेल, भोली बयान गर्नेछु”
इरानी आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै सबै ठिक रहेको बताएका छन । ट्रम्पले ट्वीटमा इरानले अमेरिकी दुई सैन्य अड्डामा मिसाइल लन्च गरेको जनाएका छन । इरानी आक्रमणको क्षतिको आंकलन भइरहेको उनले उल्लेख गरेका छन भने अहिलेसम्मको अवस्था अत्यन्तै राम्रो भएको दावी गरेका छन । संसारमा सबैभन्दा शक्तिशाली र सुसज्जीत सैन्य अमेरिकासंग भएको र यसको बारे बुधवार विहान बयान गर्ने जानकारी ट्वीटमार्फत दिएका छन ।

PlutonicTech

केहि दिन अघि अमेरिकी हवाइ आक्रमणमा इरानका सैन्य जनरल कासेम सोलेमानीको मृत्यु भएपछि इरान र अमेरिकाको विवाद चुलिंदो छ । इरानले आफ्ना सैन्य जनरलको हत्याको बदला लिने दावी गरिरहेको छ । इरानको पछिल्लो आक्रमण यसै अनुसार गरिएको इरानले दावी गरेको छ ।


२३ पुष २०७६, बुधबार ०३:५२ मा प्रकाशित