सिन्धुपाल्चोकको विद्यालयलाई अमेरिकाबाट आर्थिक सहयोग

दूरबिन नेपाल     २८ पुष २०७६, सोमबार १४:३६    

भर्जिनिया अमेरिका बस्दै आएकी एक पूर्व छात्राले सिन्धुपालचाेककाे एक विद्यालयमा अक्षयकाेष स्थापनार्थ एक लाख ११ हजारएकसय ११ रूपैया सहयाेग गरेकी छिन्

विद्यालयको ७१ वार्षिक उत्सवकाे अवसरमा गत शनिबार  सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिका की रञ्जुलुईटेलले आफुले अध्ययन गरेको सिन्धु पुरानागाॅउ उच्च माविलाई सहयोग गरेकी हुन्

 

अक्षयकोषका लागि रञ्जुले आफ्ना बुबा भूमिराज लुईटेल मार्फत विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद खतिवडालाई सहयोगहस्तान्तरण गरिन्

 

आफुले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउदा खुसी लागेको बताउदै रन्जुले हालको सहयोगबाट सकारात्मक परिणामआएमा भविश्यमा पनि थप सहयोग गर्ने बताईन् । रन्जु हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी छिन्


२८ पुष २०७६, सोमबार १४:३६ मा प्रकाशित