एमसीसी  परियोजनामा सैन्य संलग्नता अमेरिकी कानूनद्वारा नै निषेध : दुतावास काठमाडौं स्थित अमेरिकी दुतावासले जारी गर्यो : एमसीसीबारे जान्नै पर्ने १० बुँदा

दूरबिन नेपाल     ३ माघ २०७६, शुक्रबार १३:०८    

अमेरिका, जनवरी १७ । पछिल्लो समय नेपाली राजनीतिमा पेचिलो बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका बारेमा काठमाडौंस्थित अमेरिकी दूतावासले थप प्रस्टाएको छ ।

दुतावसले  शुक्रवार सामाजिक सञ्जाल मार्फत एमसीसी   परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानूनले नै निषेध गरेको बताएको छ ।

एमसीसी परियोजना इण्डो प्यासिफिक रणनीतिकै अंग भएको, अमेरिकी सेनाले नेपालमा स्थायी अखडा जमाउन खोजेको भन्दै यस परियोजना स्वीकार गर्न नहुने मत  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उठेको छ । यस परियोजनाका बारेमा सर्वसाधरणमा पनि अन्यौल बढेको छ ।

तर शुक्रवार काठमाडौं स्थित  अमेरिकी दूतावासले एमसीसीका बारेमा जान्नै  पर्ने १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेको हो । जसमा भनेको छ, ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । वास्तवमा अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ ।’

 

प्रत्येक सरकार र नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा देखाएको समेत दुतावासले  बताएको छ ।

 

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका बारेमा पूर्ण जानकारीका लागि यहाँ क्लिक गर्नु होस ।

http://hr.parliament.gov.np/uploads/attachments/ns1zpda2uw3x2odp.pdf?fbclid=IwAR0BW8-5_0i-KlPWQ16H7m9hyOUcSNTDWHVBirxnRNWz6K0DRlx4aql6stU


३ माघ २०७६, शुक्रबार १३:०८ मा प्रकाशित