सगरमाथामा फेसन सो गर्दै विश्व किर्तिमान

दूरबिन नेपाल     १३ माघ २०७६, सोमबार २०:४३    

दूरबिन संवाददाता

नेपाल –

 

विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथाको काखमा फेसन सो गरेर गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन नेपाली फेसन सो आयोजकहरू सफल भएको छन् । 

आइतबार कालापत्थरमा ‘द माउन्ट एभरेष्ट फेसन रन वे’ ले फेसन प्रदर्शनी आयोजना गरीएको हो । यसलाई सबैभन्दा उच्चस्थानमा (हाईएस्ट अल्टिच्युड फेसन रनवे) को कीर्तिमान कायम गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

उक्त फेसन सो मा विभिन्न देशका २० जना मोडेलहरू सहभागी रहेका थिए । मोडेलहरू १४ दिनको ट्रेकिङ (पदयात्रा) गरी ५ हजार ६ सय ४३ मिटर उचाइको कालापत्थर पुगेको आयोजक संस्थाले जनाएको छ।


१३ माघ २०७६, सोमबार २०:४३ मा प्रकाशित