भारतीय दादागिरीलाई वाग्लेको दनक

दूरबिन नेपाल     १९ माघ २०७६, आईतवार १३:४५    

 काठमाडौँ ।
एनआरएनए अमेरिकाका उपाध्यक्ष साथै साहित्यकार सर्वज्ञ वाग्लेको पाँचौ कृति “पुनर्वास” उपन्यासको शनिवार प्रज्ञा भवनमा भब्य समारोह वीच बिमोचन गरिएको छ । पुनर्वासको विमोचन नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले गर्नु भएको हो ।

“पुनर्वास” उपन्यासको बिमोचन समारोहमा साहित्यकार कृष्ण धारावासी र नेपाली कांग्रेसका युवा नेता बद्री पाण्डेले पुस्तकको बिबेचना गर्नु भएको थियो ।

साहित्यकार सर्वज्ञ वाग्लेको उपन्यास कृति पुनर्वासको विमोचन कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले मानिसभित्रको संबेदनालाई जागृत गराउने काम साहित्यले गर्ने हुँदा यो राजनिती भन्दा फरक र जिवन्त विषय भएको बताए

जुवाघर (हाँस्यव्यंग्य) , क्यासिनो (कथा संग्रह) ,युधिष्ठिर (कथा संग्रह), सॉढे (हाँस्य व्यंग्य) गरि ४ वटा कृतिका लोकप्रिय लेखक सर्बज्ञ वाग्लेको नयाँ कृति पनि झनै शसक्त रहेको सार्वजनिक कार्यक्रममा बताइयो ।

भारतले नेपाल र नेपालीलाईै ज्यादती गरीररहेका बेला उनले पुनर्वास उपन्यास मार्फत राम्रो जवाफ दिएका छन् । बोर्डर,जुवा,देश,समाज र जात भातको वर्षौ देखिको कुरीति अन्याय अत्याचारको पराकाष्टा उपन्यास पुर्नवास भित्र पढ्न पाइन्छ ।


१९ माघ २०७६, आईतवार १३:४५ मा प्रकाशित