विदेशमा पनि नेकपा एकिकरण, अमेरिकामा प्रभु थापा अध्यक्ष, सञ्जय थापाद्वारा पद अस्वीकार 

दूरबिन नेपाल     २४ माघ २०७६, शुक्रबार १४:५८    

विदेशमा पनि नेकपा एकिकरण, अमेरिकामा प्रभु थापा अध्यक्ष, सञ्जय थापाद्वारा पद अस्वीकार 

अमेरिका । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदेश स्थित भातृ संगठनमा पनि एकता भएको छ । नेपालमा तत्कालिन एमाले र मा‍ओवादी बिच एकता भए सँगै विदेशमा रहेका भातृ संगठन पनि एकताको प्रकृयामा थिए ।

विदेशमा एमालेको प्रवासी नेपाली मञ्च र माओवादीको जनप्रगतिशिल मञ्च नाममा संगठित हुँदै आएका थिए । नेकपाले विदेशमा रहेका आफ्नो संगठनको नाम प्रवासी नेपाली एकता मञ्च राखेको छ । जस अन्तर्गत अमेरिकामा प्रभु थापा अध्यक्ष मनोनित भएका छन् । उनी प्रवासी नेपाली मञ्चका अध्यक्ष हुने । जन प्रगतिशिल मञ्चका अध्यक्ष प्रकास अधिकारी एकता मञ्चको सचिव चयन भएका छन् ।

 

मञ्चको सदस्यमा सञ्जय थापा, टेक गुरुङ्ग, ईश्वरी भट्ट, यमुना भट्टराई, गोपाल कंडेल, राधा कृष्ण देउजा, कृष्ण लामिछाने, युद्ध बहादुर पन्त, जानकी कार्की, छवि पाण्डे र  प्रदीप तिमल्सिना रहेका छन् । यस्तै अन्य सदस्यमा  हेमन्त भेटवाल, विजय भट्टराई, राजेन्द्र शिवाकोटी, कमला भुषाल, सोमेन्द्र रञ्जित, गोकर्ण दाहाल, जित गुरुङ्ग र  डा. सतिष देवकोटा छन् ।

 

मञ्चका अन्य सदस्यमा  यम लामा, नारायण कंडेल, काशी पौडेल, राजु सुवेदी, बाबुराम सापकोटा, डा. भरत ढकाल, डा. माथवरसिंह रावत, डा. प्रेम चन्द, मनोज भट्टराई, विजय ज्ञवाली, प्रेम खत्री, हरी गौतम, ईश्वरी दवाडी, संगम बस्नेत मनोनित भएका छन् ।

 

सञ्जय थापाद्वारा पद अस्वीकार

 

प्रवासी नेपाली एकता मञ्चको सदस्यमा मनोनित सञ्जय थापाले पद अस्वीकार गर्ने बताएका छन् । उनी प्रवासी नेपाली मञ्च अमेरिकाका सस्थापक अध्यक्ष हुन् । दूरबिन नेपाल सँगको कुराकानीमा थापाले अहिले आफु गैर आवासीय नेपाली संघ (एनआरएनए) मा सक्रिय रहेकाले पार्टीको भातृ संगठनको पदमा नबस्ने बताए ।

‘म एनआरएन अभियानमा लाग्नु पर्छ भनेर नै प्रवासी नेपाली मञ्चको अध्यक्ष छोडेको व्यक्ति हुँ, त्यस कारण अहिले मैले पार्टीले दिएको पद स्वीकार्न हुदैन।’

थापाले पार्टीबाट औपचारिक पत्र आए पछि आफुले पनि औपचारिक रुपमा नै आफ्नो धारणा सार्वजनीक गर्ने बताए । ‘ अहिले मैले पनि सन्चार माध्यम मार्फत जानकारी पाएको हुँ, आधिकारीक पत्र पाएको छैन्, पत्र आए पछि म र संभवत युमुना भट्टराई पनि प्रवासी एकता मञ्चको पदमा बस्दैनौ ।’

उनले अमेरिकी कानुन अनुसार अमेरिकामा मञ्च दर्ता भए पनि त्यो कुनै न कुनै रुपमा नेपालको राजनैतिक दलको भातृ संगठन नै रहने दावी गरे । थापा अहिले एनआरएनए अमेरिकाको सल्लाहाकार हुन् । एनआरएनए अमेरिकाको पछिल्लो निर्वाचनमा उनी अध्यक्ष पदमा पराजित भएका थिए ।


२४ माघ २०७६, शुक्रबार १४:५८ मा प्रकाशित