06/02/2020

जनसम्पर्क समिति अमेरिकाले निर्वाचनको टुङ्गो लगायो

जनसम्पर्क समिति अमेरिकाले निर्वाचनको टुङ्गो लगायो

दूरबिन नेपाल     २४ माघ २०७६, शुक्रबार १५:४९    

जनसम्पर्क समिति अमेरिकाले निर्वाचनको टुङ्गो लगायो
अमेरिका । नेपाली काँग्रेसको विदेश स्थित भातृ संगठन जनसम्पर्क समिति अमेरिकाले अन्तत निर्वाचनको टुङ्गो लगाएको छ । आन्तरिक विवादका कारण जनसम्पर्क समिति अमेरिकको निर्वाचन तीन बर्ष देखि हुन सकेको छैन ।
आइतवार राती बसेको कन्फरेन्स बैठकले अप्रिल ११ र १२ गते जनसम्पर्कको समितिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेसका आमन्त्रित क्रेन्द्रिय सदस्य तथा जनसम्पर्क समितिका सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको
बैठकले मार्च २८ र २९ गते सबै च्याप्टरको अधिवेशन गर्ने पनि निर्णय गरेको छ । बैठकले क्रियाशील सदस्यता आवेदन वा नवीकरणका लागि सूची संकलन गरी पार्टीलाई प्रेषित गरिनेछ भने मार्च १५ सम्म समितिका च्याप्टर मार्फत साधारण सदस्यता वितरण गरिनेछ ।
बैठकले अधिवेशनको मिति प्रस्ताव गरि पार्टीलाई जानकारी गराउने र पार्टी समक्ष केन्द्रीय पर्यवेक्षक र प्रतिनिधिका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
सभापति बिष्टका अनुसार काँग्रेस विधान अनुसार जनसम्पर्क समितिको केन्द्रको निर्वाचनको मिति अनुमोदन पार्टीले गर्नु पर्दछ । यस्तै पार्टीले   केन्द्रिय पर्यवेक्षक र प्रतिनिधि पनि पठाउनु पर्ने हुन्छ ।
काँग्रेसले गत  कार्तिक ५ गते जारी गरेको परिपत्रमा  ६ महिनाभित्र अधिवेशन सम्पन्न भनेको थियो । तर आन्तरिक विवादका कारण पटक पटक अवरुद्द हुँदै आएको निर्वाचन प्रक्रिया बारे पछिल्लो समय अन्यौल बढ्को थियो । यद्यपी जन सम्पर्क समितिको अहिलेको  निर्यणमा पनि  पूर्व संयोजक बिष्णु सुवेदी पक्षले असहमति जनाएको छ । सुवेदी र  प्रमोद सिटौलाले बैठकको निर्णयमा नोट अफ डिसेन्ट नै लेखेका छन् ।
सभापति बिष्टले दूरबिन नेपाल सँगको कुराकानीमा अधिवेशन तोकिएकै समयमा सफल बनाउन सबै पक्ष सँग हसयोगको अपेक्षा गरिएको बताए ।
जनसम्पर्क समितिको अधिवेशन कार्य तालिका 
१। मार्च १५,२०२० का मितिसम्म सम्पूर्ण च्याप्टर मातहत समितिको साधारण सदस्यता वितरण गरिसक्ने र मातृ पार्टी नेपाली कांग्रेसको क्रियाशील सदस्यता सुची संकलन गर्ने ।
२। मार्च २८ र २९,२०२० का मितिमा सम्पूर्ण च्याप्टरको अधिवेशन सम्पन्न गर्ने ।
३। समितिको केन्द्रीय अधिवेशन अप्रिल ११ र १२,२०२० का मितिमा सम्पन्न गर्नका लागि प्रस्ताव गर्ने निर्णय सहित पार्टीलाई आवश्यक पत्राचार गर्ने र केन्द्रीय पर्यवेक्षक र प्रतिनिधिका लागि अनुरोध गर्ने ।
यसका साथै अधिवेशन सम्पन्न गर्न स्थानीय व्यवस्थापन समिति,निर्वाचन समिति,विधान मस्यौदा समिति,आर्थिक समिति,सदस्यता वितरण एवं छानबीन समिति र अनुगमन एवं परामर्श समितिलगायतका समितिहरु पनि गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा उपस्थिति पदाधिकारी तथा सदस्य
१। सभापति- आनन्द विष्ट
२। बरिष्ठ उपसभापति -धनन्जय नरसिंह केसी
३। उप-सभापति-  धर्म राज श्रेष्ठ
४। उप-सभापति-भगवान मैनाली
५।उप-सभापति-चेत प्रसाद पौंडेल
६।उप-सभापति-केशब बराल
७। महासचिव- मुनिन्द्र नेम्बाङ
८।सचिव-भोजराज थोकर
९।सचिव-ईश्वर सापकोटा
१०। सदस्य- ज्ञानेन्द्र राज कार्की
११।सदस्य- सुवास लामा
१२।सदस्य- लोक लामा
१३।सदस्य-गोपाल बिश्वाकर्म
१४।सदस्य-सुन्दर गुरुङ
१५। सदस्य- गौतम दाहाल
१६। सदस्य- परमानन्द खनाल
१७। सदस्य-  गोविन्द लम्साल
१८। सदस्य- पिताम्बर भुषाल
१९। सदस्य- रविन बस्नेत
२०।सदस्य- सुभेन्द्र रानाभाट
२१।सदस्य- पविता परिवार
२२।सदस्य-मान्ती शाह
२३।सदस्य-ओम भट्टराई
२४।सदस्य-किलन राई
२५।सदस्य-हरी शर्मा
बैठकमा उपस्थित भै आफ्नो मत राख्ने तर निर्णय प्रक्रियामा असहमति जनाउने सदस्यहरु:
२६।सदस्य-विष्णु सुवेदी
२७।सदस्य-प्रमोद सिटौला

२४ माघ २०७६, शुक्रबार १५:४९ मा प्रकाशित

Scroll Up