नेकपा अमेरिकामा दुई चिरा

दूरबिन नेपाल     २७ माघ २०७६, सोमबार १२:३१    

अमेरिका । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदेश स्थित भातृ संगठन प्रवासी नेपाली एकता मंच अमेरिका चिरा परेको छ । गत साता मात्र नेकपाले विदेश स्थित आफ्ना सबै निकायको तदर्थ समिति गठन गरेको थियो ।
तत्कालिन एमाले निकटको नेपाली प्रवासी मंच र माओवादी निकटको जनप्रगतिशिल मंच बीच एकिकरण गर्दै नयाॅ सिमिति गठन गरिएको हो । नवगठित मंचको अध्यक्षमा प्रभु थापा र सचिवमा प्रकास अधिकारी चयन भएका थिए । प्रभु प्रवासी मंच र प्रकास जनप्रगतिशिल मंचका अध्यक्ष थिए ।
एकता प्रति  असन्तुष्ट पक्षले आईतवार नयाॅ समिति गठन गरेको जनाएको छ । साधरण सभा आयोजक समिति भन्दै गठन गरिएको प्रवासी नेपाली एकता मंच अमेरिकाको संयोजकमा टेक गुरुङ रहेका छन् । उनी तत्कालिन प्रवासी नेपाली मंचका बरिष्ट उपाधक्ष टेक गुरुङ हुन् । उनी एकता मंचमा पनि सदस्य छन् ।  यस्तै शंकर पन्त महासचिब , युबराज खनाल कोषाध्क्ष र संस्थाको प्रवक्तामा कमल ओझालाई यचन गरिएको छ ।
दूरबिन नेपाल सँगकुरा गर्दै संयोजक टेक गुरुङले गैरराजनीतिक संस्थालाई कुनै पार्टीको भातृ संगठन बनाइएकोमा आफुहरुको आपत्ति रहेको प्रतिक्रिया दिए । ‘प्रवासमा रहेका नेपालीका लागि खोलीएको सामाजिक संस्था हो । व्यक्तिगत रुपमा को को सँग नजिक भयो होला यो आफ्नै ठाँउमा छ तर संस्थालाई नै पार्टीमा बुझाउन भएन ।’
एकताको क्रममा आफ्ना मान्छे नअटाए पछिको बिद्रोह त होइन भन्ने दूरबिन नेपालको प्रश्नलाई गुरुङले अस्वीकार गरे । ‘पदका लागि होइन, संस्थाको विधान विपरित काम भयो, अमेरिकी कानुन विपरित काम भयो त्यही भएर हामीले अधिवेशन तयारी समिति गठन गर्नु परेको हो ।’
एकता मंचका अध्यक्ष प्रभु थापाले नयाँ कार्यसमिति गठन गर्ने साथीहरु प्रति कुनै गम्भिर टिप्पणी नरहेको बताए । उनले भने,’ हरेक संस्थामा सहमति असहमति हुन्छन् तर समाधान समाजिक सञ्जालमा रुवाबासी गरेर हुदैन, संस्था भित्र नै छलफल गर्नु पर्छ ।’ थापाले अहिले आएर संस्थालाई पार्टीको भातृ संगठन बनाइयो भन्नुमा दम नरहेको बताए । ‘नेपालका राजनैतिक पार्टीको भातृ संगठन हो भने पनि होइन भने पनि दलकै नजिक रहेर काम गरेकै हुन् ।’
मंचद्वारा जारी विज्ञप्ति

प्रवासी नेपाली एकता मंच अमेरिकाको अधिवेसन (साधारण सभा) आयोजक समिती गठन ।

 

गत साल मार्च २५ ,२०१९ मा अमेरिकाको कानुन अनुसार(501c3) अमेरिकाका सबै राज्यहरुमा नेपाली कला संस्कृतिको सम्वर्धन, संरक्षण, दुखसुखमा हातेमालो र नेपालको विकाश, स्वास्थ्य , शिक्षा, नेपालीहरुको आपत विपतमा सक्दो सहयोग गर्ने उदेश्य राखेर गैर नाफा मुलक सामाजिक संस्था प्रवासी नेपाली एकता मंच अमेरिका ( Overseas Nepali Unity Forum- ONUF America ) को बार्षिक अधिवेसन (साधारण सभा) एक बर्ष भित्रै गर्नु पर्ने कानुनी प्रावधान रहेकोले सो संस्थाका बोर्ड अफ डाइरेक्टर हरुको प्रथम बैठक फेब्रुअरी ९ तारिख २०२० आइतबार संस्थाको आफ्नै कार्यालयमा बैठक बसी निम्नानुसार एजेन्डामा छलफल तथा निर्णय गरी माइन्युट गरिएको छ ।

 

एजेण्डाहरु ,

१. पदाधिकारीको चयन सम्बन्धमा

२. बैक खाता खोल्ने सम्बन्धमा

3. अधिबेसन आयोजक कमिटि र अधिवेसन सम्बन्धमा

 

निर्णयहरु ,

 

एजेन्डा न. १ मा छलफल गरी पुर्व प्रवासी नेपाली मच (ONF) का बरिस्ठ उपाधक्ष टेक गुरुङ- अधक्ष्य ( संयोजक ) , शंकर पन्त महासचिब , युबराज खनाल कोषाध्क्ष र संस्थाको प्रवक्तामा कमल ओझा हुने गरी निर्णय गरिएको ।

 

एजेण्डा न. २ मा छलफल गरी तुरुन्तै बैक खाता खोल्ने र अमेरिका भर बन्ने सदस्यहरुले सदस्यता शुल्क र अधिवेसन प्रतिनिधि शुल्क डिपोजिट गर्न अनुरोध गर्ने ।

 

एजेन्डा न. ३ मा छलफल गरी अधिवेसन आयोजक कमिटीमा सदस्यहरु थप्दै जाने र बिभिन्न विभागहरु बनाएयर जिम्मेवारी दिदै जाने र तोकिएको मितिमै भब्य र सभ्य रुपमा अधिवेसन (साधारण सभा ) गरी नया पदाधिकारीको निर्वाचन सम्पन्न गर्ने ।


२७ माघ २०७६, सोमबार १२:३१ मा प्रकाशित