अमेरिकामा फेरी अर्को गोली काण्ड, विस्कान्सिनको मिल्वौकीमा छ जनाको हत्या

दूरबिन नेपाल     १५ फाल्गुन २०७६, बिहीबार ०३:०३    

दूरबिन नेपाल, अमेरिका
अमेरिकामा फेरी अर्को गोली काण्ड भएको छ । विस्कान्सिन राज्यको मिल्वौकी शहरस्थित मोल्सन क्रुस ब्रुइङ कम्पनीका एक कर्मचारीले बन्दुक चलाई पांच जनाको हत्या गरेका छन । प्रहरीका अनुसार बुधबार दिउसो भएको सो घटनामा ५१ बर्षीय बन्दुकधारीलेपनि आत्महत्या गरेका छन । कतिपय समाचारमा सात जनाको मृत्यु भएको बताइएपनि मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मृतकको विवरण सार्वजनिक गरिएको छैन । बन्दुकधारी सोही कम्पनीका एक पूर्व कर्मचारी थिए जो भर्खरै कामबाट निकालिएका थिए । मिल्वौकीका मेयर टोम ब्यारेटले शहरकै लागि अकल्पनीय त्रासदी भएको बताएका छन । मृतकहरु सबै सोही कम्पनीका कर्मचारीहरु रहेको बताइएको छ । घटनाबारे राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै त्रासदीपूर्ण भनेका छन । घटना भएको केही समयपछि अर्थात दिउसोको साडे दुई बजे मिल्वौकी प्रहरीले स्थिती आफ्नो नियन्त्रणमा आइसकेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । कम्पनीलेपनि घटनाबारे आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्ने जनाएको छ ।

Share and Enjoy !

0Shares
0 0 0

१५ फाल्गुन २०७६, बिहीबार ०३:०३ मा प्रकाशित