शैक्षिक क्षेत्रमा सुधारको खाँचो

दूरबिन नेपाल     २६ माघ २०७४, शुक्रबार १७:१८ | १४३ पटक पढिएको

पोखरा, २६ माघ
कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले नेपालको शैक्षिक क्षेत्रमा धेरै सुधारको खाँचो भएको बताउनुभएको छ ।

पोखरा लेखनाथ– २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको रजत जयन्ती समारोहको यहाँ आज उद्घाटन गर्दै उहाँले समयसापेक्ष गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताउनुभयो ।

नेपालको शैक्षिक विकासमा निजी विद्यालयले महत्वपूर्ण योगदान पु¥याएको उहाँले चर्चा गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जगबहादुर गुरुङले लेखनाथ क्षेत्रको शैक्षिक उन्नयनमा विद्यालयले लामो समयदेखि योगदान गर्दै आएको बताउँदै विद्यलायले सधैँ गुणस्तरीय शिक्षामा जोड दिँदै आएको उल्लेख गर्नुभयो ।

विद्यालयका प्राचार्य विष्णुहरि पौडेलले विद्यालयले विद्यार्थीको समग्र क्षमता अभिवृद्धि एवं व्यक्तित्व विकासलाई लक्षित गर्दै अध्ययन अध्यापनमा जोड दिँदै आएको बताउनुभयो । रासस


२६ माघ २०७४, शुक्रबार १७:१८ मा प्रकाशित