अमेरिकाको न्युयोर्कमा अर्का एक नेपालीमा कोरोना संक्रमण, अस्पताल भर्ना

दूरबिन नेपाल     १५ चैत्र २०७६, शनिबार १८:५१    

अमेरिकाको न्युयोर्कमा अर्का एक नेपालीमा कोरोना संक्रमण, अस्पताल भर्ना

अमेरिका न्युयोर्कमा अर्का एक नेपालीलाई कोरोना भाईरस संक्रमण देखिएको सुदुरपश्चिम समाज अमेरिकाका महासचिव जीवन(जंगु) बमजीलाई कोरोना संक्रमण भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आन्नद बिष्टले पुष्टि गरेका छन्

 

बिष्टले आफ्नो फेसबुक स्टाटसमा विरामीको सहमतिमा नै यो तथ्य सार्वजनीक गरेका जनाएका छन् बिष्टले लेखेका छन्,“उहाॅकैसुझाब अनुसार यो खबर सार्वजनिक गरिरहेको छु ! उहाँको सोचको सलाम गर्छु ! आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउनसहजहोस भन्ने उहाँको मनसाय भएको कुरा पनि सबैलाई जानकारी गराउद छु ! रोग नलुकाएर जीवनजीले अरुलाई सतर्कता अपनाउनठुलो योगदान गर्नु भयको ! उहाँको परिबार सकुसल रहेको उहाँ को स्वास्थमा सुधार भई रहेको समेत जानकारी गराउदॅछु

जीवनको अहिले माउन्ट सेन्नैइ हस्पिटल लङआल्यान्डमा उपचार भईरहेको बिष्टले विरामी शिघ्र स्वास्थको कामना गर्दै अन्यलाईपनि रोग नलुकाउन आग्रह गरेका छन्

 

बिष्टले भनेका छन्,”हाम्रो समाजमा पनि कोही यो रोगबाट संक्रमित हुनुहुन्छ भने कृपया रोग नलुकाउनु होला तपाईंको कारण अरुकोजीवन रक्षामा ठुलो सहयोग हुनेछ ! सबै जना सचेत रहनु होला घरमै बस्नुहोला !”


१५ चैत्र २०७६, शनिबार १८:५१ मा प्रकाशित