एभरेस्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको मारमा परेका ऋणीको लागि एक महिनाको किस्ता रोक्यो

दूरबिन नेपाल     १५ चैत्र २०७६, शनिबार २०:०८    

एभरेस्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको मारमा परेका ऋणीको लागि एक महिनाको किस्ता रोक्यो
अमेरिका ।   न्युयोर्क अमेरिकास्थित नेपाली ब्यनस्थापनमा संचालित एभरेस्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको कारण मारमा परेका ग्राहकको सुबिधाको लागि ऋणीहरुले आफ्नो किस्ता एक महिना रोक्न पाउने निर्णय गरेको छ ।
कोरोना महामारीका कारण नियमित कामहरु बन्द भएको र थुप्रै ऋणीहरुले रोजगारी समेत गुमाएको परिपेक्षमा आफ्नै समुदायका मानिसलाई सहयोग मिलोस भन्ने हेतुले ऋणको किस्ता एक महिनालाई रोक्न मिल्ने निर्णय क्रेडिट युनियन बोर्डले गरेको हो ।
मार्च महिनाको अन्त्यमा तिर्नु पर्ने नियमित किस्ता रोकेर ऋणीहरुले अप्रिल अन्त्य देखी नियमित किस्ता तिर्नु पर्ने मेनेजर बिराज रिजाले बताए । युनियनले यसै हप्तादेखी नेपाली समुदायलाई अप्ठेरो अवस्थामा सहयोग पुगोस भनेर दुई हजार डलरको निर्ब्याजी ऋण समेत दिन सुरु गरेको छ । एभरेस्ट फेडरल क्रेडिट युनियन अमेरिकामा केन्द्रिय सरकार अन्तर्गतको पहिलो नेपाली ब्यनस्थापनको बित्तिय संस्था हो ।

१५ चैत्र २०७६, शनिबार २०:०८ मा प्रकाशित