एचआइभी एडसको औषधि चलाएपछि न्युयोर्कमा चार जना कोरोनाका बिरामी निको हुंदै

दूरबिन नेपाल     १६ चैत्र २०७६, आईतवार ०३:५२    

एचआइभी एडसको औषधि चलाएपछि न्युयोर्कमा चार जना कोरोनाका बिरामी निको हुंदै

दूरबिन नेपाल, न्युयोर्क

कोरोना भाइरसको अत्यधिक प्रभावित स्थान न्युयोर्कको एक अस्पतालले एचआइभी एड्सको औषधि चलाएर दुई बिरामीलाई निको पारेको दावी गरेको छ भने अन्य दुर्य जना सुधारोन्मुख अवस्थामा रहेको बताइएको छ ।

PlutonicTech

 

अस्पतालमा निकै क्रिटीकल अवस्थामा आएका सात जना बिरामीलाई भेन्टीलेटरमा राखिएको थियो । अत्यधिक चापले के गरौं कसो गरौं भएका चिकित्सकले शरिरको प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग गरिने एचआइभी एड्स र स्तन क्यान्सरको औषधी भेन्टीलेटरका बिरामीलाई चलाएपछि ती मध्ये दुइ जना निको भएका र अन्य दुईजनाको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । बिरामीलाई लेरोनिलाम्ब नामक औषधि चलाइएको थियो जुन औषधि एचआइभी एड्सका बिरामीलाई खुवाउने गरिन्छ ।

 

औषधिको निर्माता कम्पनी बायोटेक फर्म साइटोडीनले कोरोना भाइरसका गम्भीर बिरामीलाई सो औषधिले निको हुने दावी गरेको छ । सो औषधि अन्य ७० जनामा पनि परिक्षणको लागि चलाइएको औषधी निर्माता कम्पनी साइटोडायनका प्रमुख डा नादर परहसनले जनाएका छन । सो औषधिलाई पेटमार्फत बिरामीको शरीरभित्र पठाइने चिकित्सकहरुले बताएका छन । कोरोना भाइरसको कुनै तोकिएको उपचार र औषधि नभएकोले धेरैले परिक्षणपनि गरिरहेका छन । यो औषधीपनि धेरैमा परिक्षण गरिने जनाइएको छ । यदि यसले काम गरेमा सरकारी स्वीकृति लिनु पर्नेछ । बिरामीलाई चलाइएको ती औषधी संघीय सरकारले पारित गर्नुपर्ने कानुनी प्रावधान छ ।

डेलीमेल बाट साभार गरिएको

Bhatta Law & Associate


१६ चैत्र २०७६, आईतवार ०३:५२ मा प्रकाशित