सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर

दूरबिन नेपाल     २७ माघ २०७४, शनिबार १५:५९ | ९९ पटक पढिएको

भीमदत्तनगर, २७ माघ/ नेपाली सेनाले यहाँ आज एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेपाली सेनाको सुदूरपश्चिम पृतना, २५ नं बाहिनी महेन्द्रनगर, भवानीबक्स गण, सिंहसार्दुल गुल्म र नं २५ फिएको संयुक्त आयोजनामा वेदकोट नगरपालिका– १० चतहरीमा उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य शिविरमा २६१ महिला र ११९ पुरुषको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको उपचारमा संलग्न सहसेनानी डा भोला बोहराले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण गराउनेमा भाइरल ज्वरो, पाठेघर, हाड र छालाका बिरामी बढी रहेका थिए ।

महाशिवरात्रि पर्व सेना दिवस, २०७४ को अवसरमा स्वास्थ्य शिविर आयोजना गरिएको भवानीबक्स गणका गणपति प्रमुख सेनानी दीपक भण्डारीले बताउनुभयो । हाडजोर्नी, नाक, कान, घाँटी, प्रसूतिसम्बन्धी विशेषज्ञ चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । रासस


२७ माघ २०७४, शनिबार १५:५९ मा प्रकाशित