फोनिज अध्यक्षमा राई निर्वाचित

दूरबिन नेपाल     २९ माघ २०७४, सोमबार ०४:१२ | ११६ पटक पढिएको

गाईघाट, उदयपुर, २९ माघ
नेपाल आदिवासी तथा जनजाति महासंघ आबद्ध भ्रातृ संगठन आदिवासी तथा जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुर जिल्लाको तेस्रो अधिवेशनले पत्रकार सुपराज राईको अध्यक्षता नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
आइतबार सम्पन्न अधिवेशनमा राईले अर्का प्रतिद्वन्द्वी पत्रकार देवराज राईलाई पराजित गर्र्दै अध्यक्षमा विजयी हुनु भएको हो । यस्तै, उपाध्यक्षमा उर्मिला दनुवार ,सचिवमा ईश्वर बलाम्पाकी मगर, कोषाध्यक्षमा टम्पसेर राई र सहसचिवमा गंगा राई निर्वाचित हुनु भएको छ । अन्य सदस्यहरुमा रुपा राई, बिन्द्र राई, दीपेश्वर चौधरीसहित १३ जना जिल्ला कार्यसमिति गठन भएको फोनिज उदयपुरले जनाएको छ । यस्तै, केन्द्रीय पार्षदमा भोटराज राई, प्रकाश राई, विश्वराज तामाङ र ऋषि राई निर्वाचित भएका छन् । प्रदेशका पार्षदमा जयन्ती तामाङ, विक्रम राई र बिन्द्र राई सहितका पत्रकार निर्विरोध निर्वाचित भएका छन् । रासस


२९ माघ २०७४, सोमबार ०४:१२ मा प्रकाशित