नेपालद्वारा केन्या तीन विकेटले पराजित

दूरबिन नेपाल     २९ माघ २०७४, सोमबार १४:५९ | ९३ पटक पढिएको

काठमाडौँ, २९ माघ/ आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले केन्यालाई तीन विकेटले पराजित गरेको छ ।
जितका लागि पाएको १७८ रनको लक्ष्य नेपालले ४९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि कप्तान पारस खड्काले ४२ रन बनाए । यस क्रममा उनले दुई छक्का र तीन चौका हाने । रोहित कुमार पौडेलले ४७, आरिफ शेखले ४२ र शरद भेस्वाकरले १९ रन बनाएका थिए ।
केन्यालाइ १७८ रनमा समेट्न सन्दिप लामिछानेले पाँच तथा सोमपाल कामि, बसन्त रेग्मी र सरद भेस्वाकरले एक/एक विकेट लिएका थिए । यस जितसंगै ६ अंकसहित नेपाल दोश्रो स्थानमा रहेको छ । क्यानाडा तीन खेलबाट ६ अंकसहित टेबलको अग्रस्थानमा रहेको छ भने संयुक्त अरब इमिरेट्स ४, नामिबिया २, ओमान २ र केन्याको ० अंक रहेको छ ।


२९ माघ २०७४, सोमबार १४:५९ मा प्रकाशित