नेपाल आइडलका उत्कृष्ट तीनको अमेरिका यात्राको अन्तिम कार्यक्रम ह्युस्टनमा बुद्ध, निशान र प्रतापले धमाकेदार सागीतिक प्रस्तुती दिने

दूरबिन नेपाल     २९ माघ २०७४, सोमबार २१:२० | १०५६ पटक पढिएको

पहिलो नेपाल आइडलका सर्वोत्कृष्ट तीनजना गायकहरुको अमेरिकामा जारी सांगीतिक यात्राको अन्तिम कार्यक्रम टेक्ससको ह्युस्टनमा आउँदो शनिवार, फेब्रुअरी १७ तारिकका दिन हुनगइरहेको आयोजकहरुले जानकारी गराएका छन्। ह्युस्टन शहरको बिमर रोडस्थित ‘द गार्डेन ह्युस्टन’मा आयोजना हुन लागेको सांगीतिक कन्सर्टमा नेपाल आइडलका तिनै जना उत्कृष्टहरु क्रमश: बुद्ध लामा, निशान भट्टराई र प्रताप दासले आफ्नो सांगीतिक प्रस्तुती दिनेछन्।

अमेरिकाका विभिन्न शहरहरुमा दमदार सांगीतिक प्रस्तुती दिइसकेका ‘नेपाल आइडल’हरुको प्रतिक्षामा रहेका ह्युस्टनका नेपालीहरुको पर्खाई अब शनिवार साँझ ६.३० सम्मको लागि मात्र भएको आयोजक मध्येका एक डिजे अनुप नेपालले दुरबिन नेपाललाई बताए।


२९ माघ २०७४, सोमबार २१:२० मा प्रकाशित