अमेरिका र भारतको जनसम्पर्क समितिमा भद्रगोल छ, विधानको दुरुपयोग भयो : डा. शेखर कोइराला 'वीपीले नेतालाई विदेश घुम्न जनसम्पर्क समिति बनाएका होइनन"

दूरबिन नेपाल     १० जेष्ठ २०७७, शनिबार २२:१३    

अमेरिका र भारतको जनसम्पर्क समितिमा भद्रगोल छ, विधानको दुरुपयोग भयो : डा. शेखर कोइराला

अमेरिका । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले जनसम्पर्क समितिको दुरुपयोग भएको बताएका छन् । दूरबिन नेपालको भिडियो सम्वादमा बोल्दै नेता कोइरालाले जनसम्पर्क समिति नेताहरुलाई विदेश घुमाउनका लागि मात्र प्रयोग हुने गरेको आरोप लगाए ।

‘जनसम्पर्क समिति हामीलाई जरुरत छ, तर नेपाली काँग्रेसका हामीहरु जस्तालाई खाने भाडो बनाइरहेका छौं ।’ नेपालमा रहदा पार्टी काममा खारिएका नेताहरु अहिले जनसम्पर्क समितिमा भए पनि पार्टीले त्यस अनुसार फाइदा लिन नसकेको नेता कोइरालाको भनाइ छ । ‘जनसम्पर्क समितिमा धेरै साथिहरु विद्यार्थी नेता भएर जानु भएको छ कोही जिल्ला अध्यक्ष भएर जानु भएको छ, उहाँहरुले कसरी नेपाली काँग्रेसलाई सहयोग गर्नु हुन्छ भन्ने छलफल नै गरेका छैनौ ।’

नेता कोइरालाले विदेशमा विज्ञता हासिल गरेकाहरुबाट फाइदा लिनु पर्नेमा त्यसो नभएको दुखेसो गरे । ‘त्यहाँ रहेका साथिहरु बीचमा विज्ञता होला उहाँहरुको विज्ञता हामीले कसरी प्रयोग गरेका छौं ? त्यो कुरा माइनस गरिरहेका छौ ।’

नेताहरुलाई विदेश घुम्न जनसम्पर्क समितिको ‘पद’ टिकटसँग बार्गेनिङ्ग हुने गरेको कोइरालाको भनाइ छ । ‘अमेरिका जानलाई खुसी पार्नका लागि तिमिलाई यो मिलाइ दिन्छु तिमिलाई यो बनाइदिन्छु मलाई टिकट पठाइदेउ भन्ने गरिन्छ, त्यो गलत हो । त्यो सोचर बिपि कोइरालाले बम्बईमा जनसम्पर्क समिति बनाएको होइन । यो कुरा जनसम्पर्क समिति र नेपाली काँग्रेसका नेता कार्यकर्ताले पनि बुझ्न जरुरी छ ।’ विदेश घुम्न पाइन्छ भनेर जनसम्पर्क समिति विभागमा बस्नका लागि होडबाजी हुने तर आउटपुट शुन्य हुने गरेको नेता कोइरालाले बताए ।

नेता कोइरालाले विधान अुसार पनि अमेरिका र भारतका जनसम्पर्क समितिमा भद्रगोल भएको बताए । ‘तत्लो तहको मानिस माथित्लो तहमा जाने भए पछि तल्लो पद सोत खारेज हुन्छ, विधानमा त्यो व्यवस्था छ, ‘काँग्रेसको केन्द्रीय सदस्य भए पछि जनसम्पर्क छोड्नु पर्यो नी ।’ जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट र भारतका सभापति बालकृष्ण पाण्डे काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हुन् ।

सभापति शेरबहादुर देउवाले विधान भन्दा व्यक्तिलाई रोज्ने गरेको नेता कोइरालाको भनााइ छ । ‘बहुमतको आधारमा विधान विपरित काम भइरहेको छ । विधान भन्दा व्यक्ति ठूलो हुदैन । त्यो गलत हो ।’

 

 

 


१० जेष्ठ २०७७, शनिबार २२:१३ मा प्रकाशित