भाषाले नै धर्म र संस्कृतिको संरक्षण गर्न सघाउ पुर्याउछ, तसर्थ नानीलाई भाषा सिकाउनुस् : बुद्द धर्मगुरु खेन्पो रेम्पोचे जम्पा

दूरबिन नेपाल     १ फाल्गुन २०७४, मंगलवार १५:२५ | ४९४ पटक पढिएको

लस एन्जल्स, १२ फेब्रुअरी/ हरेक स्थानमा आफू जाँदा फरक-फरक धर्मको लागि छुट्टाछुट्टै मन्दिर पाएकोमा पहिलोपटक हिन्दु र बुद्ध धर्मवालाम्बीको साझा मन्दिर एकै स्थानमा देख्न पाउँदा आफूलाई खुसी लागेको बुद्द धर्म गुरु खेन्पो रेम्पोचे जम्पाले बताए । पशुपतिनाथ तथा बुद्ध मन्दिरमा स्थापित बुद्धको मूर्तीमा हिजो विशेष पूजाको अवसरमा गुरुले सो कुरा बताएका हुन् ।

भगवान् विष्णुका दश अबतारहरु मत्स्य, कुम्भ, बराह, नरसिंह, बामन, परशुराम, राम, कृष्ण, बुद्ध, कल्की मा बुद्धलाई नवौँ अवतारको रूपमा लिइन्छ।
रेम्पोचेले पूजा पश्चात् भने,”हामी जति धेरै जम्मा भएर पूजा गर्दछौँ तेती नै बढी शक्ति हुन्छ । हामी प्रौढ मात्र हैन आफ्ना नानीहरू पनि मन्दिर आउँदा ल्याउनु पर्दछ । नानीहरूले आफ्नो भाषा, धर्मसंस्कृति बिर्सेमा भोलि कहाँबाट आफू आएको समेत बिर्सने बताए ।” उनले अगाडि थपे,” तपाईँहरू मन्दिर बाहिर सबैले थाहा पाउनको लागि अन्य भाषा प्रयोग गरेतापनि भित्र भने नेपाली भाषा प्रयोग गर्नुस् । आफ्ना नानीलाई नेपाली भाषा सिकाउनुस् । भाषाले नै सबै संस्कृति जगेर्ना गर्नमा सघाउ पुर्याउछ । ”
लस एन्जल्समा नेपालीद्वारा निर्मित यस मन्दिरमा पशुपतिनाथ (शिवलिंग), नन्दी, गणेश, सरस्वती, दुर्गा, राम जानकी, राधाकृष्ण, विष्णु लक्ष्मी, बुद्ध र नव ग्रहको मूर्ती स्थापना गरिएको छ ।


१ फाल्गुन २०७४, मंगलवार १५:२५ मा प्रकाशित