आकार घटाएर अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत :  १४ खर्ब ७४ अर्ब ६४ करोड मात्र 

दूरबिन नेपाल     १५ जेष्ठ २०७७, बिहीबार १४:१६    

आकार घटाएर अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत :  १४ खर्ब ७४ अर्ब ६४ करोड मात्र 

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले  चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ५८ अर्ब बजेट घटाएर संसदको संयुक्त्त बैठकमा प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड संसदमा प्रस्तुत गरेका छन्। चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत भएको थियो।

 

आगामी आर्थिक वर्षका लागि सरकारले चालू खर्च ९ खर्ब ४८ अर्ब ९४ करोड (६४.४ प्रतिशत) विनियोजन गरेको छ।

PlutonicTech

 

पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोड (२३.९ प्रतिशत) छ भने वित्तिय व्यवस्थापन खर्च १ खर्ब ७२ अर्ब ८९ करोड (११.७ प्रतिशत) विनियोजन गरिएको छ।

 

सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउने, वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ।
साथै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ।

हेर्नुहोस् पूर्णपाठ :

बजेट_वक्तव्य_२०७७_website

Bhatta Law & Associate

१५ जेष्ठ २०७७, बिहीबार १४:१६ मा प्रकाशित