अमेरिकाबाट नेपाल फर्किन चाहनेहरुलाई विवरण भर्न दुतावासको आव्हान नेपाल फर्किनेहरुले हवाइ तथा होटल खर्च आफैले तिर्नुपर्ने

दूरबिन नेपाल     १६ जेष्ठ २०७७, शुक्रबार ००:१०    

अमेरिकाबाट नेपाल फर्किन चाहनेहरुलाई विवरण भर्न दुतावासको आव्हान

दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसका कारण अमेरिकामै रोकिएका र नेपाल फर्किन चाहनेहरुलाई आफ्नो विवरण भर्न अमेरिकास्थित नेपाली दुतावासले आव्हान गरेको छ । नेपाली दुतावास वशिङटन डिसीले विहिवार एक जरुरी सूचना जारी गर्दै विभिन्न कारणले अमेरिका आएका तर नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीहरुले दुतावासको वेबसाइटमा रहेको दर्ता प्रणालीमा आफ्नो विवरण भर्न आग्रह गरिएको छ । सूचनामा यसअघि नेपाल फर्कन पाउंभन्दै निवेदन दिएकाहरुले पनि आफ्नो विवरण अध्यावधिक गर्न तथा पहिले फारक नभरेकाहरुले पूनः भर्न प्रष्ट्याइएको छ । कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थतीमा स्वदेश आउनेपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने अध्यादेश २०७७ अन्तर्गत सो विवरण मागिएको दुतावासको सूचनामा जनाइएको छ ।

 

संयुक्त राज्य अमेरिका तथा अमेरिकास्थित नेपाली राजदुतावासको कार्यक्षेत्र अन्तर्गत पर्ने स्थानका नेपाली जो नेपाल जानुपर्ने बाध्यतामा छन, उनीहरुले दुतावासको वेबसाईटमा गएर आफ्नो विवरण भर्नुपर्ने छ । विवरणमा नेपाल जानैपर्ने अत्यावस्यक कारण उल्लेख गर्नुपर्नेछ । त्यसैगरी नेपालमा पुगेपछि सरकारले तोकेको होटल वा स्थानीय तहले व्यवस्था गरेको स्थानमा आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्न मञ्जुरी दिनुपर्ने छ । नेपाल जांदा हवाई टिकट आफैले बेहोर्नुपर्नेछ भने, कोरोना नभएको प्रमाणित गर्नुपर्नेछ । यसअघिपनि अमेरिकाबाट नेपाल फर्किन पाउँ भन्दै दुतावासमा ६ सय भन्दा धेरै निवेदन परेको थियो । अहिले प्राथमिकताका आधारमा नेपाल फर्काइने भनिएको छ ।

PlutonicTech

नेपाल फर्कने फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोस।


१६ जेष्ठ २०७७, शुक्रबार ००:१० मा प्रकाशित