“रुकुम घटनाका पीडितलाई क्षतिपूर्ती र दोषीलाई कारवाही गर” फिप्ना

दूरबिन नेपाल     १९ जेष्ठ २०७७, सोमबार १८:४५    

“रुकुम घटनाका पीडितलाई क्षतिपूर्ती र दोषीलाई कारवाही गर” फिप्ना

दूरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाले रुकुम घटनाप्रति आपत्ति जनाउंदै दोषीउपर तत्कालै कारवाही गर्न माग गरेको छ । अध्यक्ष लोक चेम्जोङले विज्ञप्ति जारी गर्दै रुकुमको पश्चिम चौरजहारी नगरपालिकामा प्रेमिका लिन पुगेका नवराज विक सहित र उनका साथीहरुको स्थानीय जनप्रतिनिधिकै अगुवाइमा भएको जघन्य हत्याको भत्र्सना गर्दै दोषीहरुलाई उम्काउने खेल भइरहेको र उनीहरुमाथीको कारवाहीमा ढिलासुस्ती गरेको तथा पीडितलाई क्षतिपूर्ती दिनपनि कन्जुसाई गरेकोमा आपत्ति जनाइएका छन । नवराज हत्याककाण्ड नेपालमा जारी रहेको जातीय छुवाछुतको कारण भएको पुष्टि भएको भन्दै फिप्नाले हजारौ जनताले समानताको लागि बलिदानी गरेपनि अझैपनि उपल्लो जाती र विभिन्न धार्मिक कुसंस्कारका कारण अझै यस्ता घटना हुनुले नेपाली समाजको कुरुतीलाई उदांगो पारेको विज्ञप्तिमा जनाइएको छ । कुुनैपनि किसिमका विभेद दण्डनीय भनीएपनि यस्ता घटनाले अझैपनि नेपाली समाजमा रंगभेद, नश्लभेद, छुवाछुत प्रथा कायम रहेको प्रष्ट्याएकोले यस्ता सबै असमान सामाजिक विभेदहरू विरूद्धमा अभियान चलाउन सबैसंग आग्रह गरिएको छ ।


१९ जेष्ठ २०७७, सोमबार १८:४५ मा प्रकाशित