न्युयोर्क सीटीमा कर्फ्र्यु: जर्ज फ्ल्योइड हत्या प्रक्ररण अमेरिकाका २० भन्दा धेरै राज्यमा हिंशात्मक प्रदर्शन

दूरबिन नेपाल     १९ जेष्ठ २०७७, सोमबार २१:५३    

न्युयोर्क सीटीमा कर्फ्र्यु: जर्ज फ्ल्योइड हत्या प्रक्ररण

दूरबिन नेपाल, न्युयोर्क
अश्वेत नागरिक जर्ज फ्ल्योड प्रहरीद्वारा मारिएपछि भडकिएको हिंशा बढदै गएपछि न्युयोर्क सहरमा कफ्र्यु घोषणा गरिएको छ । न्युयोर्कका मेयर बिल डे ब्लाजिओले ट्वीट गर्दै न्युयोर्क सीटीभरी रातीको ११ बजेदेखि बिहान ५ बजेसम्म लागु हुने गरी कफ्र्यु आदेश जारी गरिएको बताएका छन । मेयर ब्लाजिओले न्युयोर्कको सुरक्षालाई ध्यानमा राखेर कफ्र्युको आदेश जारी गरिएको बताएका छन । मेयरले न्युयोर्क राज्यका गभर्नर एण्ड्रयु कुमोसंग परामर्श गरेर यो निर्णय गरिएको जानकारी ब्लाजिओले ट्वीटमा गराएका छन । न्युयोर्कका मेयरले न्युयोर्क सीटीमा प्रहरीको तैनाथीपनि ४ हजारबाट बढाएर ८ हजार पुर्याएको बताएका छन । न्युयोर्क सीटीका लोअर म्यानहाटन र ब्रूकलिन क्षेत्रमा हिंशात्मक प्रदर्शनसंगै लुटपाटपनि बढ्न थालेपछि सीटीले कफ्युको आदेश जारी गरेको हो ।
मिनेपोलिसमा प्रहरीद्वारा अश्वेत नागरिक जर्ज फ्ल्योइड मारिएपछि अधिकांश राज्यमा हिंशा भडकिएको छ ।


१९ जेष्ठ २०७७, सोमबार २१:५३ मा प्रकाशित