‘स्थानीय सरकार नागरिकको सुरक्षा गर्न असफल, प्रदर्शन हिंश्रक’ : राष्ट्रपति ट्रम्प वसिङटनमा दुई हजार नेशनल गार्ड सक्रिय

दूरबिन नेपाल     २० जेष्ठ २०७७, मंगलवार ००:१२    

‘स्थानीय सरकार नागरिकको सुरक्षा गर्न असफल, प्रदर्शन हिंश्रक’ :  राष्ट्रपति ट्रम्प

दूरबिन नेपाल, अमेरिका । राष्ट्रपति डोनल्ड ट्रम्पले स्थानीय सरकारहरु नागरिकको सुरक्षामा असफल भएको आरोप लगाएका छन् । मिनापोलिस शहरमा प्रहरीद्वारा घाँटी थिचेर मारिएका  जर्ज फ्लोइडको हत्या भएको रिपोर्ट सार्वजनिक भइरहंदा  ट्रम्पले प्रदर्शन हिंशात्मक बन्दै गएको बताए ।

 

ह्वाइट हाउसको रोज गार्डेनमा भएको नियमित पत्रकार सम्मेलना ट्रम्पले अहिले भइरेको प्रदर्शनलाई शान्तिपूर्वक भन्न नसकिने जिकिर गरे  ‘यो शान्तिपूर्ण प्रदर्शन होइन, घरेलु आतंक हो, निर्दोश नागरिकको जीवन बर्वाद भएको छ ।’

PlutonicTech

 

जर्ज फ्लोइडको हत्या पछि अमेरिकाका प्राय : मुख्य शहरहरु अशान्त बन्दै गएको छ । राष्ट्रपतिले हिंशात्मक प्रदर्शनलाई भगवान विरुद्धको लडाइको संज्ञा दिएका छन ।  ट्रम्पले आफु अमेरिकाको राष्टपति भएकोले सबैलाई कानुनको पालना गर्न र शान्तिपुर्ण प्रदर्शन गर्न आग्रह गरेको बताएका छन । राष्ट्रपतिले कतिपय राज्यका गभर्नरले प्रदर्शन रोक्न नसकेको आरोप समेत लगाएका छन ।

 

‘सडकमा मान्छे पिटाइ खाइरहेका छन्,टेक्सासमा सडकमा मान्छे मरिरहेको थियो, न्युयोर्कमा गुण्डाहरुद्वारा महिला माथि आक्रमण भएको छ ।’ ट्रम्पले भने  । राष्ट्रपति ट्रम्पले साना व्यापारीहरुको सपना तोडिएको बताए । उनले कोरोनासँग जुधेका नर्सहरु अहिले घरबाट बाहिर निस्कन डराएको बताए । ‘सार्वजनिक स्मारकहरुमा क्षति भएको छ, हाम्रो एतिहासिक चर्चमा आगो लगाइएको छ, यस्तो प्रदर्शनलाई शान्तिपूर्ण भन्न सकिदैन् ।’ 

 

 

यसै बीच  सुरक्षा खतरा बढेपछि वसिङटन डिसीमा ८ सय नेशनल सुरक्षा गार्डलाई झिकाइएको छ । झण्डै पाँच राज्यबाट राष्ट्रपतिको सुरक्षाको लागि नेशनल गार्ड बोलाइएको ह्वाइट हाउसले जनाएको छ । नेशाल गार्डले प्रहरी र अन्य सुरक्षाकर्मीहरुसंग मिलेर काम गर्छन । यसअघिनै वसिङटन डिसीमा १२ सय नेशनल गार्ड सक्रिय गराइएको छ ।

Bhatta Law & Associate

२० जेष्ठ २०७७, मंगलवार ००:१२ मा प्रकाशित