तामाङ समाज अमेरिकाद्वारा २० हजार  डलरको ‘लोकसेवा परीक्षा उत्पेरणा कोष’ घोषणा

दूरबिन नेपाल     १७ असार २०७७, बुधबार १४:२६    

तामाङ समाज अमेरिकाद्वारा २० हजार  डलरको ‘लोकसेवा परीक्षा उत्पेरणा कोष’ घोषणा

न्युयोर्क । तामाङ समाज अमेरिकाले बीस हजार अमेरिकी डलरको अक्षयकोषको घोषणा गरेको छ । आफ्नो दोस्रो बार्षिकोत्सवको अवसरमा समाजले अक्षयकोषको घोषणा गरेको हो ।

समाजकी महासचिव बिनिता तामाङद्वारा जारी विज्ञप्तिमा ‘लोकसेवा परीक्षा उत्पेरणा कोष’ स्थापना गरिएको जनाइएको छ । महासचिव तामाङका अनुसार  न्युयोर्कको  लङ्गआइलेन्ड  स्थित भ्याली स्ट्रिम पार्कमा वनभोज सहित संस्ठाको दोस्रो बार्षिकउत्सब मनाउने क्रममा अध्यक्ष सानुमाया तामाङले अक्षयकोषको घोषणा गरेकी हुन् ।

PlutonicTech

विज्ञप्तिमा जनाइए अनुसार  नेपालको निजामती क्षेत्रमा तामाङ जातिको अत्यन्तै नगन्य मात्रामा उपस्थिति रहेको सन्दर्भमा लोकसेवा परीक्षा मार्फत निजामती सेवामा प्रवेश गर्न चाहने तामाङ विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो ।   यो परियोजना नेपालको स्थानीय संस्थासँग सहकार्य गरेर संचालन गरिने छ ।

कोषको लागि दोश्रो वार्षिकोत्सवकै दिन उपस्थित सहभागीहरुबाट १२ हजार पाँच सय  अमेरिकी डलर संकलन भएको र बाँकी अपुग रकम संस्थाका शुभचिन्तकहरुबाट संकलन गरिने जनाइएको छ ।  कार्य समितिको आगामी बैठकबाट कोष संचालनको लागि एउटा विशेष समिति गठन हुने र कोष संचालनको विधि र प्रक्रिया सो समितिले तयार गर्ने विज्ञप्तिमा जनाइएको छ ।

विश्वव्यापी कोरोना महामारीको कारण समुदायको स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै  दोश्रो वार्षिकोत्सव कार्यक्रम सिमित घेराभित्र रहेर सम्पन्न गरिएको जनाइएको छ । कार्यक्रममा संस्थाका कार्य समितिका पदासधिकारी एवं सदस्यका परिवारहरु मात्र उपस्थित भएको विज्ञप्तिमा जनाइएको छ ।

Bhatta Law & Associate


१७ असार २०७७, बुधबार १४:२६ मा प्रकाशित