अमेरिकामा ‘सुवेदी समुहले गठन गर्यो छुट्टै जनसम्पर्क समिति’

दूरबिन नेपाल     २९ असार २०७७, सोमबार १६:५४    

अमेरिकामा ‘सुवेदी समुहले गठन गर्यो छुट्टै जनसम्पर्क समिति’

अमेरिका । नेपाली काँग्रेसको विदेश स्थित निकाय नेपाली जनसम्पर्क समिति अमेरिकामा गैर संस्थापन पक्षले छुट्टै समिति गठन गरेको छ । समितिका पूर्व संयोजक बिष्णु सुवेदी समुहले आइतवार ‘जुम’ भेला मार्फत नयाँ कमिटि गठन गरिएको जनाएको छ ।

 

नवगठित समितिको सभापतिमा धनन्जयनरसिंह केसी छन् । उनी सन् २०१४ मा टेक्सासमा सम्पन्न एकताको दोस्रो अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति हुन् । टेक्सास अधिवेशनले आनन्द विष्टको सभापतित्वमा नयाँ समिति चयन गरेको थियो । विष्टले सुवेदीलाई हराएका थिए ।

PlutonicTech

 

विष्ट नेतृत्वको कार्यसमितिको पदावदी सन् २०१७ मा सकिएको हो । समितिको नयाँ अधिवेशन गर्ने र नगर्ने विषयमा विष्ट पक्ष र सुवेदी पक्ष बीच आरोप प्रत्यारोप चल्दै आएको छ । पुस्त्यौती विवादमा रमाउने विष्ट समुह र सुवेदी समुह बीचमा जुन महिलाको अन्ततिर एक ‘जुम’बैठकमा तँ तँ र म म को स्तरमा आर्लिएर झगडा भएको थियो ।

 

सो झगडा पछि विष्टले सुवेदीलाई मनोनित केन्द्रीय सदस्यबाट बर्खास्त गरेका थिए । यस्तै सुवेदीलाई थप कारवाहीका लागि तीन दिने स्पष्टिकरण सोधिएको जनाइएको थियो । गैर सस्थापन समुहले मिडियालाई उपलब्ध गराएको विज्ञप्तिमा विष्ट पार्टीको उपल्लो पदमा नियुक्त भएकाले उनको पद खाली भएको तर्क पेश गरिएको छ  ।

 

प्रेस विज्ञप्ति

Bhatta Law & Associate

 

नेपाली काॅंग्रेसको नियमावली २०७६ को परिच्छेद-१ (८) मा “निकाय” भन्नाले विधानको ३ (५) का अतिरिक्त पार्टीबाट मान्यताप्राप्तविदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत जनाउनेछ” भन्ने र धारा ५८ मा “पार्टीको तल्लो निकयको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा नजको तल्लो पद स्वत: रिक्त हुनेछ” भन्ने स्पष्टउल्लेख छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका तत्कालीन सभापति गोरख (आनन्द) बिष्ट नेपाली काॅंग्रेसको आमन्त्रित केन्द्रीयसदस्यमा मनोनीत भएकाले विधान बमोजीम वहाॅंको नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति पद सोही दिनदेखि रिक्तभइसकेतापनि वर्तमान कार्यसमितिले आफ्नो पदावधि सकिएको ३ वर्ष भन्दाबढी भइसक्दा समेत अधिवेशन गराउन असफल भएकोलेनेपाली काॅंग्रेस र नेपाली जनसम्पर्क समिति अमेरिकासॅंग आबद्द अग्रज तथा साथीहरूको भेलाले आज जुलाई १२, २०२० का दिन निम्नअनुसारको कार्यसमति  र सल्लाहकार समिति गठन गरेको छ ।

कार्यसमिति

सभापति- धनन्जयनरसिंह केसी

वरिष्ठ उपसभापति- डा. हेम चटौत

उपसभापति- ईश्वर सापकोटा

सागर कॅंडेल

अनन्तराज सुवेदी

प्रतिक पाण्डे

महासचिव सुभाष घिमिरे

सचिव- मुक्ति पन्त

सचिव- खड्ग उप्रेती

कोषाध्यक्ष- क्रान्ति अर्याल

सदस्य- प्रमोद सिटौला

जगन्नाथ गौतम

राम मिश्र

नेत्र केसी

प्रभात सापकोटा

लक्ष्मी त्रिखत्री परियार

भेषबहादुर कॅंडेल

डा. अम्बरबाबु भण्डारी

इन्द्र सिटौला

हरिराज खनाल

विकास थापा

निर्मल थापा

सुरेश हमाल (बेग)

श्रीराम थापा

अनुप अधिकारी

सुमन आचार्य

दीपकराज पन्त

रामकृष्ण भट्ट

राज ढुंगाना

अर्जुन बम

शशीचन्द्र अधिकारी

 

सल्लाहकार-

विष्णु सुवेदी

रबिना थापा

कृष्ण लामिछाने

भक्त थापा

प्रियरन्जन दाहाल

अमृत सापकोटा


२९ असार २०७७, सोमबार १६:५४ मा प्रकाशित