क्यालिफोर्निया, फ्लोरिडा र टेक्ससमा नयाँ निर्देशन  

दूरबिन नेपाल     २ श्रावण २०७७, शुक्रबार ०१:५६    

क्यालिफोर्निया, फ्लोरिडा र टेक्ससमा नयाँ निर्देशन  


दूरबिन संबाददाता ।


सानफ्रानसिस्को । अमेरिकाका थुप्रै राज्यमा कोविड १९ अर्थात कोरोनाको महामारी झन तिब्र भएपछि  क्रमस खुला गर्दै लगिएको ब्यापार ब्यबसायमा पुन कडा नियम जारी भएको छ । धेरै सतर्कता नअपनाएको आरोप खेपिरहेका फ्लोरिडा र टेक्ससमा कोरोनाको महामारी भयाभह बन्दै गएपछि नयाँ निर्देशन जारी भएका हुन् । फ्लोरिडा राज्यमा संक्रमण यति धेरै बढेको छ की अहिलेसम्म अमेरिकामा दैनिक अत्याधिक संक्रमण फैलिएका सबै रेकर्ड फ्लोरिडा राज्यले ब्रेक गरेको छ । त्यस पछि उच्च संक्रमणका रेकर्डहरुलाई टेक्सस राज्यले पछ्याउदै आएको छ । त्यस पछि न्युयोर्क र क्यालिफोर्निया राज्यमा दैनिक उच्च सक्रमणका रेकर्डहरु भेटिन्छन् ।  

PlutonicTech


शुरु देखि नै सतर्कता अपनाउदै आएको क्यालिफोर्नियाले पनि हालसलै नयाँ निर्देशन जारी गरेको छ ।   गभर्नर न्युसम ग्याभिनले नियमित पत्रकार सम्मेलनमा नयाँ अडर बारे जानकारी गराए । अर्डर दुई प्रकारको छ । क्यालिफोर्नियाका सबै ठाउँमा लागु हुने गरि फिल्महल , बार , ब्रिवरिज, पब्स, रेष्टुराको आन्तरिक सर्भिस र वाइनरिजको आन्तरिक सर्भिस बन्द गर्न निर्देशन दिइएको छ । 


बढि प्रभावित देखिएका २९ काउन्टिलाई  लक्षित गरि जारी गरिएको दोस्रो प्रकारको निर्देशन अझ कडा छ । कडा निर्देशनको सामना गरिरहेका २९ वटा काउन्टिमा क्यालिफोर्नियाका ८० प्रतिशत मानिसहरु  बसोबास गर्छन् । यी बढि प्रभावित काउन्टिहरुमा संक्रमण रोेक्न फिजिकल डिस्ट्यान्स कायम गराउनका लागि गभर्नर न्युसम ग्याभिन र स्वास्थ्य सेवा बिभाग क्यालिफोर्नियाले जारी गरेको निर्देशनमा फिटनेश सेन्टर, चर्च, मन्दिर, गुम्वा,  मस्जिद लगायतका प्रार्थना  स्थानहरु, अत्याबश्यक सेवा बाहेकका कार्यालयहरु, मल, नेल, सैलुन , टाटू , मसाज, बाबरसप लगायतका सेवा पुन बन्द गर्न भनिएको छ । 


क्यालिफोर्नियामा कोरोना भइरसको महामारीका कारण एक हप्तामा ३८ हजार भन्दा बढिमा नयाँ संक्रमण  र ६ सय भन्दा बढिको ज्यान गएपछि नयाँ अडर जारी भएको हो । गभर्नर न्युसम ग्याभिनले पत्रकार सम्मेलन भने “जटिल मोडमा नै छौ । भाइरससँग हामी अलग हुनु पर्छ र मात्र महामारीसँग सतर्कता पुर्वक लडेर जित हासिल गर्न सकिन्छ । यसका लागि अफ्नै परिवारका सदस्यहरु बाहेक अरुसँग अहिले हेलमेल नगर्नुस । गर्नै पर्ने भएमा माक्स लगाउनुस ।  घरमै बस्नुस । दुरी कायम गर्नुस । र राम्रोसँग हात धुनुस ।” 

Bhatta Law & Associate


सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सार्वजनिक गरेको तथ्यांकको आधारमा पछिल्ला ६ हप्ताको संक्रमण बृद्धिदर तुलना गर्दा यही अवस्था कायम रहेमा केही हप्तामा नै क्यालिफोर्निया अमेरिकाको सबै भन्दा बढि कोरोना संक्रमित भएको राज्य दहरिने छ । २ महिना अगाडिसम्म क्यालिफोर्नियामा १ लाख ५० हजारको हाराहारीमा कोरोना संक्रमित रहेका थिए । त्यो समयमा न्युयोर्क राज्यमा संक्रमितको संख्या ४ लाख नाघि सकेको थियो । २ महिनामा क्यालिफोर्नियामा करिव २ लाख नयाँ कोरोना  संक्रमित थपिए । जबकी यो समय अवधिमा न्युयोर्कमा २० हजार भन्दा कम कोरोना संक्रमित बढेका छन् ।  


यो समाचार तयार पार्दाससम्म  क्यलिफोर्नियामा संक्रमित संख्या ३ लाख ६० हजार भन्दा माथि पुगेको छ । पछिल्लो अपडेट अनुसार न्युयोर्क राज्यमा कुल कोरोना संक्रमित संख्या ४ लाख ३१ हजारको हाराहारीमा छ । अर्थात दोस्रो बढि प्रभावित क्यालिफोर्निया राज्यमा भन्दा न्युयोर्क राज्यमा करिब ७० हजार बढि संक्रमित छन् । अमेरिकाका बिभिन्न राज्यमा बढेको संक्रमण दरलाई आकलन गर्दा क्यालिफोर्नियाले केही हप्तामा नै न्युयोर्कलाई उछिन्ने संभावना छ । 


यहाँ उल्लेख्य पक्ष के छ भने क्यालिफोर्निया पछाडि बढि संक्रमित भएको राज्य फ्लोरिडाको संक्रमण दर क्यालिफोर्नियाको भन्दा पनि तिब्र  छ । यो राज्यमा एकै दिन १५ हजार नयाँ संक्रमित थपिएर अमेरिकामा अहिलेसम्म कै दैनिक सर्वाधिक संक्रमित रेकर्ड समेत बनाएको छ । आज अर्थात बिहिबार पनि फ्लोरिडामा १३ हजार नयाँ संक्रमित थपिएका छन् । पछिल्लो डेढ महिनामा फ्लोरिडामा १ लाख ९० हजार भन्दा बढि नयाँ संक्रमित थपिएका छन् । फ्लोरिडामा कुल संक्रमित संख्या ३ लाख १५ हजार पुगेको छ । वीच, बार र ब्यापार ब्यबसाय खुला राख्दा महामारीलाई खेलाचि गरेको आरोप खेपेको यो राज्यले बल्ल अहिले आएर सतर्कता अपनाउन र जमघट कम गर्न निर्देशन जारी गरेको छ । 


अरु राज्यमा भन्दा केही पछि मात्र संक्रमण तिब्र भएको टेक्ससले पनि प्रभावित काउन्टि र क्षेत्रलाई लक्षित गरि सर्तर्कताका लागि क्यालिफोर्नियाकै जस्तो निर्देशन जारी गरेको छ। टेक्ससमा पछिल्लो डेढ महिनामा १ लाख ८० हजार भन्दा बढि नयाँ संक्रमित थपिएका हुन् । टेक्ससमा कुल संक्रमितको संख्या ३ लाख ११ हजार भन्दा बढि छ । उच्च संक्रमणदर केही हप्ता कायम रहेमा फ्लोरिडा र टेक्ससले पनि न्युयोर्कलाई उछिन्न सक्ने संभावना बढेको छ । 

 

तस्विर: फ्लोरिडा हेराल्ड

एजेन्सिहरुको सहयोगमा


२ श्रावण २०७७, शुक्रबार ०१:५६ मा प्रकाशित