लिम्बुजातीको सांस्कृतिक धरोहर मुक्कुमलुङको अतिक्रमणप्रति फिप्नाको आपत्ति

दूरबिन नेपाल     ११ श्रावण २०७७, आईतवार ०२:५३    

लिम्बुजातीको सांस्कृतिक धरोहर मुक्कुमलुङको अतिक्रमणप्रति फिप्नाको आपत्ति

दूरबिन नेपाल, न्युयोर्क

सरकारले लिम्बुहरुको आश्थाको केन्द्र मुक्कुमलुङमा माथी सांस्कृतिक अतिक्रमण गरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका, फिप्नाले विरोध गरेको छ । लिम्बुवानको ऐतिहासिक धार्मिक केन्द्र मुक्कुमलुङमा माथी नेपाल सरकारले विकासको नाममा अतिक्रमण गरेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको फिप्नाका अध्यक्ष लोक चेम्जोङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा व्यापारिक कम्पनी यति होल्डीसनलाई मुक्कुमलुङमा भुमिलाई लिजमा दिइएको र सो नाफा कमाउने उदेश्यले सांस्कृतिक पहिचानलाई नामेट लागिएको आरोप लगाइएको छ । ताप्लेजुङका स्थानीय युवाहरुले मुक्कुमलुङमा बचाउन गरेको संघर्षप्रति ऐक्यबद्धता समेत जनाइएको फिप्नाको विज्ञप्तिमा उल्लेख छ । साथै सरकारी कदमको विरोध गर्नेहरुमाथी भएको प्रहरी दमप्रतिपनि निन्दा गरेको छ ।

PlutonicTech

 

आदिवासीहरूको ऐतिहासिक, धार्मिक, सांस्कृतिक अतिक्रमण र दमनमा सरकार उत्रिएको आरोप लगाउंदै लिम्बुहरूको धार्मिक आस्थाको सर्वोच्च माङ ( देवता) युमा भएको र युमा माङको रूपमा लिम्बुहरूले पुज्दै आएको मुक्कुमलुङमालाई हिन्दुकृत गरेर नाम परिवर्तन गर्ने तथा विकासको नाममा याक्थुङ सांस्कृतिको अतिक्रमण गरिएको फिप्नाको गुनासो छ । “लिम्बु याक्थुङहरू नेपालका आदिवासी हुन, भुमिपुत्र हुन । नेपाल सरकारले हस्ताक्षर गरेको अन्तराष्ट्रीय सन्धी सम्झौताहरू विपरीत लिम्बुवानको पहिचानमाथी आक्रमण गरेको छ । सयुक्त रष्ट्रसंघको अन्तराष्ट्रीय श्रम संगठन को धारा १६९ अनुसार राज्यले आदिवासीहरूको ऐतिहासिक पहिचान, धर्म, संस्कृति माथी दमन वा हस्तक्षेप गर्न पाउदैन” विज्ञप्तिमा जनाइएको छ । देशका हरेक जातीय, धार्मिक, सांस्कृतिक पहिचानहरूलाई संरक्षण, संबद्र्धन र प्रचार गर्नुपर्ने र लिम्बुवानको ऐतिहासिक धरोहर, धार्मिक आस्थाको केन्द्र मुक्कुमलुङ संरक्षणको लागी संसारभरीका न्यायप्रेमी जनसमुदायमा आव्हानपनि गरिएको छ ।


११ श्रावण २०७७, आईतवार ०२:५३ मा प्रकाशित