अमेरिकावासी नेपालीको सहयोगमा हेभेन्लीपाथ मार्फत नेपालमा सहयोग रत्नपार्क र पशुपति क्षेत्रमा ५ सय भन्दा धेरैलाई खाना वितरण

दूरबिन नेपाल     १२ श्रावण २०७७, सोमबार ०२:०२    

अमेरिकावासी नेपालीको सहयोगमा हेभेन्लीपाथ मार्फत नेपालमा सहयोग

दूरबिन नेपाल, न्युयोर्क

हेभेन्लीपाथको सहयोगमा काठमाडौको पशुपति क्षेत्र र रत्नपार्कका विपन्न व्यक्तिहरुलाई खाना खुवाइएको छ । प्रेमवाद अर्थात हेभेन्लीपाथका अनुयायीहरुको सक्रियतामा विपन्न व्यक्तिहरुलाई खाना वितरण गरिएको थियो । विशेषगरी अमेरिकाका विभिन्न राज्यहरु कनेक्टीकट, भर्मन्ट र न्यु हेमिसफेर लगायतका राज्यमा बस्ने हेभेन्लीपाथ अर्थात प्रेमवादका अनुयायी नेपालीहरुको आर्थिक सहयोगमा सो खाना खुवाइएको हेवेन्ली पाथकी सक्रिय सदस्य तथा अमेरिकाको कनेक्टीकट राज्यकी प्रतिनिधि आइती राईले जानकारी दिएकी छिन । राईको संयोजकत्वमा सुरु गरिएको उक्त खाना खुवाउने कार्यक्रममा पिए नेपालकी प्रमुख इन्दिरा राना मगरको विशेष सहयोग तथा हेवेन्लीपाथ नेपालकी केन्द्रीय सदस्य एन्जल मनु राईले संयोजकको भूमिका निर्वाह गरेको बताइएको छ ।

PlutonicTech

सो कार्यक्रममा गायक सुवि राईले पनि सहसंयोजकको भूमिका निभाएका छन् । कार्यक्रममा हेवेन्लीपाथका नेपालका यात्री चन्द्र देवान, शोभा राई, हरिकला राई, प्रेरणा राई, कृष्ण राई, त्रिशला राईले स्वयमसेवी भुमिका निभाएका थिए । हेवेन्ली पाथ अमेरिकाका सभापति सुकु राम्दाली राईको अगुवाइमा अमेरिकाका विभिन्न राज्यमा रहेका हेवेन्ली पाथका यात्रीहरु एन्जल सुम्नु (देवी राई), हङकङबाट ऐन्जल गाया राई र युकेबाट हेवेन्ली पाथका डाइरेक्टर रत्ना गुरुङ र संसारभरी छरिएर बसेका प्रेमबादका अनुयायीहरुको सक्रिय भूमिका रहेको थियो । खाना व्यवस्थापनमा होटल चप्लेटीका प्रमुख अनन्त राईले सहयोग गरेका थिए । हेवेन्ली निर्वाण पाथका नेपालका केन्द्रीय सम्पर्क सचिव भनु राई स्काई, एचपी नेपाल ललितपुरका सल्लाहकार चन्द्र देवान एपी नेपालका काठमाडौं जिल्ला शाखाका उपाध्यक्ष शोभा राई, हरि राई, जिल्ला अध्यक्ष प्रेरणा राई लगायतको सक्रियतामा विभिन्न कार्यक्रम हुंदै आएको बताइएको छ ।

कोरोना भाइरसको कारण जनजीवन अस्तव्यस्त भइरहेको बेला नेपालमा रहेका विपन्न परिवारलाई खाना खुवाउने कार्यक्रम जुलाई महिनाको २३÷२४÷२५ गरी तीन दिन गरिएको थियो । सो कार्यक्रममा ५ सय भन्दा धेरै व्यक्तिहरुलाई खाना वितरण तालिका बनाइ गरिएको थियो । केही समय अघि काठमाडौमै पनि विभिन्न प्राणीहरुलाई खाना वितरण हेभेन्ली पाथको अगुवाइमा भएको थियो । कोरोना भाइरसका कारण लकडाउन भएपछि कुकुर, चरा तथा माछाहरुलाईपनि खाना वितरण गरिएको थियो । हेवेन्ली पाथले यसअघि नेपालका उदयपुर गाईघाट सडकमा वेवारिसे रुपमा रहेका पशुपंक्षी हरुको लागि खाना खुवाएको थियो । विश्वका १६ भन्दा बढी देशमा रहेको हेवेन्लीपाथको सहयोग साथै अमेरिकामा मात्रै १६ भन्दा बढी राज्यमा आफ्ना शाखा विस्तार गरेर बसेका यात्रीज्युहरु बाट सहयोग मिलेको आयोजकले जनाएका छन ।

 

 

 


१२ श्रावण २०७७, सोमबार ०२:०२ मा प्रकाशित