नेपाली राजनीति किन सधै अस्थिर रह्यो?

दूरबिन नेपाल     १५ श्रावण २०७७, बिहीबार १७:१५    

नेपाली राजनीति किन सधै अस्थिर रह्यो?

 

 

 

 

 

डा. अविन ओझा

[email protected]

PlutonicTech

 

प्रसँग
नेपाली राजनीतिको पछिल्लो आठ दशक अर्थात विं.सं. २००७ पछिको मात्र समिक्षा गर्दा निकै उतार चढाव आएको देखिन्छ । चाहे त्यो २००७ सालको क्रान्ती होस या २०१७ को राजा महेन्द्रको शाही कदम । २०४७ सालको परिर्वतन होस या २०६२÷६३ सालको ऐतिहासिक सहमति र त्यस पछि २०७२ सालमा हासिल गरिएको ऐतिहासिक उपलब्धी । यी सवै परिर्वतनमा राज्य संञ्चालन विद्यि र प्रणालीमा विभिन्न प्रयोगहरु भए । तर, यी परिर्वतनहरुलाई केवल फरक शब्दावलीहरुले मात्र व्याख्या गरियो । मुलत २०४७ सालको परिर्वतन पश्चात, राजनीतिक प्रारुप र राज्य संरचाना प्रणालीमा परिवर्तन भए । बिडम्वना नै मान्नु पर्दछ । शासन प्रणाली व्यावहारतः परिवर्तन हुनै सकेन । प्रष्ट छ, २०४७ देखी हाल सम्म नेतृत्व, नेता, तथा महत्वपूर्ण ओहोदामा उही अनुहार र त्यही विचार मात्र आलोपालो घुमि रहेका छन् । नविनतम सोचले मात्र परिवर्तन सम्भव हुन्छ । तर, नेपाली राजनीतिमा नयाँ सोचले विरलै अवसर पाएको छ । फलत, स्थीर राजनीति, समृद्ध नेपाल, र सम्पन्नशाली नेपाली बन्ने आम जनताको वर्षौ देखिको सपनाले अहिले सम्म पनि सार्थकता पाउने सकेको छैन ।

 

पछिल्लो आम निर्वाचन पश्चात भने नेपालमा, कम्तिामा पनि अव राजनीतिक स्थिरता छाउने छ । पाँच वर्षे कार्यभार पुरा गर्ने बलियो सरकार देशले पाउने छ । विस्तारै देशले समृद्धिको मार्गमा निर्देश गर्नेछ भन्नेमा सवै जनता उत्साहित थिए । तर, पछिल्लो समयमा नेपाली राजनीतिमा जे जस्ता दृष्यहरु देखिदै छन् । अनौठा राजनीतिक घटनाहरु घट्दै छन् । यसले फेरी जनतामा निराशा छाएको छ । मुलतः २०४७ साल पछाडी, नेपालको राजनीति सधै अस्थिर रहनुमा नेतृत्वमा मेगेलोमेनियाक प्रवृति, कार्यकर्तामा दास मनोवृत्ति, र प्रशासनतन्त्रमा विर्ता पद्धती हावी हुनुलाई मान्न सकिन्छ । यस आलेखमा यी तीन कुराहरुको सन्दर्भमा केही दृष्टान्त हरुको पुर्नवालोकन गरिएको छ ।

 

नेतृत्वमा बढ्दो मेगोलोमेनियाक प्रवृत्ति !

Bhatta Law & Associate

मायो क्लिनिक को परिभाषा अनुसार, मेग्लोमेनियाका प्रमुख लक्षणहरु, मानिसले अत्याधिक आफ्नो प्रसंशा खोज्नु, आफ्नो हकदारी कायम गर्न खोज्नु, अरुको विचारलाई निकृष्ट खण्डन गर्नु, र आफ्नो आलोचना सहनै नसक्नु जस्ता व्यवहार हुन्छन् । अव कुरा गरौं, नेपाली राजनीतिका प्रमुख तीन नेताको व्यावहारबाट ।
प्रँसग सुरु गरौ, नेपाली काँग्रेसका सभापति बाट, उनले केही वर्ष पहिले साझा सवाल कार्यक्रममा गरेको प्रस्तुती, निर्वाचनताका ज्योतिषले अझै कयौं पटक प्रधानमन्त्री बन्ने योग छ भनी गरिएको अभिब्याक्ति र पछिल्लो पटक पार्टीको विद्यार्थी संगठनको कायक्रममा उनले गरेको सम्बोधनलाई केही दृष्टान्तका रुपमा लिउं । अघिल्ला दुई दृष्टान्त केही पुराना भए । विद्यार्थीहरुलाई देउवा प्रश्न गर्दै थिए । म चार—चार पटक प्रम भए तपाईहरु कोही हुन सक्नु हुन्छ ? स्थानीय स्तरमा कहाँ छ, ने.वि.सघ ? उनका प्रश्नहरु यस्ता थिए । सांसद भवन देखी वडा कार्यालय सम्म कहाँ छ काँग्रेस ? सायद यसको हेक्का यिनलाई थिएन । हेक्का थियो त केवल कति पटक प्रम भए भन्ने मात्र ।
अर्का नेता पुष्प कमल दाहालको कुरा गरौं । उनी अहिले कम्तिामा पछिल्लो दुइ दशक देखी पार्टी प्रमुख छन् । दुई पटक त देशको प्रधानमन्त्री भइसकेका छन् । यिनीमा पनि निकै ठूलो समास्या के छ भने, उनी मान्दछन् आफू बाहेक अरुले यस देशको निकास दिन सक्दैन । पछिल्लो राजनीतिको सर्वमान्य नेता आफूलाई नै ठान्दछन् । दुइ कार्यकाल प्रम हुदाँ के कति गरे ? विश्लेषण सवैले गरेकै छन् । पछिल्लो स्थानीय तथा आम निर्वाचनमा के कस्ता तालमेल गरे ? यो पनि सायद पुरानो भएको छैन । के का लागी गरे ? उनकै नेतृत्वमा जनयुद्ध लडेका सहयात्री किन टाढिए ? सवैले बुझेकै छन् । पछिल्लो पटक आफैले मंसिर ४, २०७६ मा गरेको “भद्र आदमी सहमती” ताड्दै अव आफै प्रम हुने दाउमा पार्टी भित्र गुट खडा गरि कार्यशीन प्रमलाई पदच्यूत गराउन बल—बुताले भ्याए सम्म जोड—घटाउ गर्दै छन् । अहिलेको विषम परिस्थीतिमा देशको कार्यकारी पदलाई कमजोर बनाउनु किन आवश्यक, कति जायज ? यसको जवाफमा सवैको आ—आफ्नै तर्क होलान ।

 

अव हेरौं पदासिन प्रम ओलीको । पछिल्लो पटक उनकै पार्टीबाट आएको पदत्यागको आदेशलाई उनले कुनै प्रवाह गरेका छैनन् । उनी मान्दछन्, उनको विकल्प देशमै छैन । उनले पदत्याग गरे देश नै नरहने सम्मको अभिब्यक्ति दिदै आएका छन् । उनी आफू र आफ्नो गुटको कार्यकर्ता बाहेक अरु सबैलाई अराष्ट्रवादी ठान्दछन् । त्यासो त मेगेलोमेनियाक प्रवृत्ति अरुमा भन्दा यीनमा केही बढि देखिन्छ । केही समय पहिले सदनमा, कोरोना भाइरस रोकथामा बसारको अचुकताको वकालत गर्दछन् । यसको आधार के ? भन्ने सवालमा जवाफ दिन्छन् । “विज्ञानले मानोस या नमानोस, मैले भने । सत्य त्यही हो ।” केही समय अघि बेमौसमी विधयेक ल्याए । के का लागी ल्याए ? किन आफै फिर्ता लिए ? यो रहस्य कै विषय छ । त्यसो सरकारी तहमा भ्रष्टाचारका केही विषय उठान भयो भने लोकतान्त्रीक ब्यवस्था प्रणाली जहाँ न्यायलयको विषेश महत्व हुन्छ । त्यसको पनि वेवास्ता गर्दै आफै न्यायाधीशको भूमिका पनि निर्वाह गर्दै भ्रष्टाचार होइन नीतिगत खर्च भनिदिन्छन् । पछिल्लो पटक पार्टीको पद्धती र प्रणाली लाई नै वेवास्ता गर्दै आएका छन् । अचम्म त के छ भने, नेकपाको कार्यकारी अध्यक्ष प्रचण्ड हुन भन्दै आफू जगेडा अध्यक्ष मात्र भएको स्वीकार्छन । तर फेरी पार्टी वरीयतामा जगेडा अध्यक्ष अर्थात आफू नै पहिलो भएको बताउंदछन् । उनकै यस्तै हठका कारण पार्टी एकिकरण प्रकृया पूरा नहुदैं फुटको संघारमा पुगेको छ ।

 

यी त भए केही प्रतिनिधी उदहारण मात्र । अरु, दोश्रो पुस्ताका भनिएका अधिकांश नेतामा पनि यही मनोवृत्ति हावी छ । हुन त, आफू सवै भन्दा अव्वल रहेको र राजनीतिमा आफ्नो विकल्प नरहेको दावी गर्नु राजनीतिशास्त्रका दृष्टिकोणले राजनीतिकर्मी को राजनीतिक स्टण्ट होला । तर, अरुको सहअस्तित्व स्वीकार नगर्नु, आफ्नो प्रशँसा मात्र खोज्नु, आफू मात्र अव्वल ठान्नु, र आफूलाई मात्र निर्विकल्प मान्नु पक्कै पनि एक प्रकारको राजनीतिक रोग हो । यस्तो प्रवृत्ति ले कुनै नेता विषेश र केही गुटगत कार्यकर्तालाई भने फाइदा गर्ला । तर, समग्र राजनीतिले ठूलो क्षती ब्योहर्दछ । स्मरण होस, यस्तो प्रवृत्तिले “करिज्म्याटिक लिडर” होइन “करप्ट पोलिटिक्स” लाई सस्थाँगत गर्दछ । जसले एकातर्र्फ स्थीर सरकार निकै जटिल बन्छ । अर्को तर्फ देशका प्रमुख अङ्गहरु व्यावस्थापिका, कार्यपालीका, र न्यायपालीकाको कार्यसम्पादन प्रति जनताको विश्वास घट्दछ । पछिल्लो तीन दशक यता यस्तै राजनीति हावी हुदै आएको छ । अव, प्रश्न गरौं, किन हावी छ त नेतामा यस्तो मनोवृत्ति ?

 

कार्यकर्तामा अझै रैती मनोवृत्ति !
कुनै पनि देशको नेता तथा राजनीतिलाई निर्देश गर्ने प्रहरेदार एवम् खवरदारी कर्ता अर्थात “वाच—डग” हुन, कार्यकर्ताहरु । सिद्धान्तः यी कार्यकर्ताहरुले गुण र दोषको आधारमा नेतृत्वको समर्थन र आलोचना गर्दछन् । ‘करिज्म्याटिक नेतृत्व’ भगवानको कृपाले जन्मने होइन । नेतृत्वको अनुयायी र कार्यकर्ता एवम् आलोचकहरुवीच हुने पारस्परिक विचार—विर्मश तथा अन्तरक्रिया बाट जन्मने हो । तर, अहिले नेपालको राजनीतिमा एडोल्फ हिटलरका प्रपोगण्डा मन्त्री जोसेफ गोवेल्स लाई माथ गर्ने कार्यकर्ता छन ।
सामाजिक सञ्जाल हेर्ने हो भने कार्यकर्ताहरुलाई आफ्नो नेताको कार्य÷कथनको स्तुती गाउन या ढाक—छोप गर्न भ्याई—नभ्याई छ । विपक्षी कायकर्ता अर्काको कटु आलोचना गर्न ब्यस्त छन । यी सवै कृया—प्रतिकृयाले गोवेल्स प्रवृत्ति मात्र होइन दास मनोवृत्तिलाई समेत पूर्नजागृत गराएको छ । आज पनि नेता, नेतृत्व, र पार्टीको कार्यलाई गुण र दोषको आधारमा सर्मथन र आलोचना गर्न सक्ने विवेकशिल कार्यकर्ताको खरेडी नै छ । फलत, पार्टी राजनीति भन्दा पनि गुटको राजनीति बलियो छ । जव सम्म देशका जनसंख्या कुनै ब्याक्ति विशेषको रैती बनिरहन्छन्, समग्र राष्ट्रको जनता बन्न बन्दैन, तव सम्म देशमा करिज्म्याटिक नेतृत्वको आशा गर्न सकिंदैन ।

 

प्रशासनतन्त्रमा विर्ता पद्धती को निरन्तरा !
अव, नेपाली राजनीतिको पछिल्लो ३ दशक, अर्थात २०४७ साल पछाडीको इतिहास मात्र चर्चा गरौं । देशको अधिकाँश क्षेत्रमा क्रोनीएजम पद्धती हावी छ । यसमा कुनै एक राजनीतिक पार्टी, नेता, या कार्यकर्ता मात्रै दोषी छैनन् । सवैको जिम्मेवारी समान छ । आम निर्वाचन्मा टिकट वितरण देखी समानुपातिक सासंदको चयन—मनोनयनसम्म, आयोग—नियोग को नियुक्ति देखी स्वकीय सचिवको छनौट सम्म सवैले आफ्नै पारिवारिक, निकट र प्रसंसक लाईनै समेटेका छन् ।
अहिले जसरी कोरोना संक्रमणको जालो पत्ता लगाउन ‘टेर्स,’ ‘ट्रयाक’, र ‘टेष्ट’ मोडललाई विश्वव्यापी अपनाइएको छ । त्यसरी नै, नेपालमा राजनीतिक नियुक्ति भएका आयोग—नियोग, निकाय—परियोजना तथा जनप्रतिनिधीहरुको रुट टेर्स, ट्रयाक, र टेष्ट गर्ने हो भने अधिकाश नेता तथा शक्तिकेन्द्रका पारिवारीक तथा निकटका भेटिन्छन् । त्यसो त सरुवा—बढुवामा पनि आफन्तबाद र राजनीतिक रंगको भूमिका अहम रहदै आएको छ । यसले मेरिटोक्रेशी लाई गिज्जाएको छ । हरेक पार्टी र पार्टी भित्रको गुट, सवैको आफ्नै लिस्ट छ । त्सैले त घुमिफिरी सधै एकै अनुहार विभिन्न हैसियतमा अवसर पाइरहेका हुन्छ । फलत, “क्रिएटिभ माइण्ड र इनोभिएटी आइडिया” को अभाव खड्की रह्यो ।
यस्तो प्रवृति एवम् परम्परा कायम रहे सम्म कुनै पनि नेतृत्वबाट देशमा राजनीति स्थिरता, आर्थिक बृद्धि, तथा जनताको आपसी सहिष्णुतामा सकरात्मक सुधारको आशा गर्नु मिथ्या कल्पना मात्र हुन्छ । फलत, राजनीतिक स्थीरता र आर्थिक समृद्धि अहिले सम्म हाँसिल हुने सकेको छैन ।

(लेखक योर्क कलेज, सीटि युनिर्भसिटी, न्यू योर्कमा प्राध्यापन गर्दछन्)


१५ श्रावण २०७७, बिहीबार १७:१५ मा प्रकाशित