क्यानडालाई हराउँदै नेपालको डिभिजन-२ मा रोमान्चक जित, करन केसी जितको नायक

दूरबिन नेपाल     २ फाल्गुन २०७४, बुधबार १६:२२ | ६७ पटक पढिएको

नामिबियामा जारी डिभिजन-२को  समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै विश्वकप छनोट खेल्ने भएको छ। क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य बलर करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो। करनले चमत्कारिक ब्याटिंग गर्दै ३१ बलमा ४२ रन बनाए। ओपनर दिलिप नाथले ४१ रन बनाए भने रोहित पौडेलले २७ रन बनाए। अरु ब्याट्सम्यानहरु खासै टिक्न सकेनन्। भरपर्दा रन मेकरहरु पारस, ज्ञानेन्द्र र भेषवाकर आउट भैसकेको अवस्थामा पनि बलर करनको बिष्पोटक ब्याटिंगको मद्दतले लगभग हार्ने स्थितिमा पुगिसकेको खेललाई नेपालको पक्षमा पार्न सक्षम करन नै आजको म्याचको रियल हिरो साबित भए। उनले जित्न असम्भव जस्तै खेललाई चार छक्का र तीन चौका हान्दै नेपाललाई जिताए र नेपाललाई विश्वकप छनौट खेल्न सक्ने हैसियतमा पुर्‍याए। डिभिजन-२ को यो खेल जितेसंगै नेपालको डिभिजन-१ मा बढुवा समेत भएको छ।

खेलको शुरुमै कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएक धरमराएको नेपाली टोलीले बर्षाले केहीबेर रोकिएको खेल जित्ने आशा मारिसकेको थियो। खेलको अन्त्यतिर ९ बलमा १९ रन आवश्यक भैसकेको थियो र क्रिजमा ब्याटिंग लाइन-अपका पुछारका खेलाडी करन र सोमपाल थिए र पनि करनले नेपालको साखलाई बचाउन सके।


२ फाल्गुन २०७४, बुधबार १६:२२ मा प्रकाशित