च्याम्पियन्स लिगमा रियल म्याड्रिड र लिभरपुल विजयी

दूरबिन नेपाल     २ फाल्गुन २०७४, बुधबार २२:१९ | ८९ पटक पढिएको

स्पेन, १४ फेब्रुअरी/ च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा रियल म्याड्रिड्ले पिएसजि लाई पराजित गरेको छ ।
आजको खेलमा रियल म्याड्रिड्ले पिएसजि लाई ३-१ ले पराजित गरेको छ । रियल म्याड्रिड्को लागि कृस्टियानो रोनाल्डोले ४५ र ८३ औ मिनेट र मार्सेलोले ८६ औँ मिनेटमा गोल गरेका थिए । पिएसजिको तर्फबाट ए राबिओटले ३३ औँ मिनेटमा गोल गरेका थिए ।

च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले पोर्टोलाई ५-० ले पराजित गरेको छ । लिभरपुलको तर्फबाट एस मेनले २५, ५३ र ८५ औँ मिनेटमा गोल गर्दै ह्याटि्रक गरे भने एम सालाह्ले २९ औँ र आर फिर्मिनोले ६९ औँ मिनेटमा गोल गरेका थिए ।


२ फाल्गुन २०७४, बुधबार २२:१९ मा प्रकाशित