एमाले प्रदेश संसदीय दलको मुख्य सचेतकमा शाह

दूरबिन नेपाल     ९ फाल्गुन २०७४, बुधबार १२:५०    

सुर्खेत, ९ फागुन / प्रदेश नं. ६ को नेकपा (एमाले) प्रदेशसभा संसदीय दलको मुख्य सचेतकमा गुलावजंग शाह चयन हुनुभएको छ ।

सल्यान (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका शाहलाई संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सो पार्टीका प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिनुभयो ।

अन्य पदाधिकारी भने संसदीय दलको नियमावली निमार्ण भएपछि मात्रै चयन गरिने नेता कँडेलले बताउनुभयो ।रासस


९ फाल्गुन २०७४, बुधबार १२:५० मा प्रकाशित