क्षयरोग रोकथामका उपायबारे जानकारी

दूरबिन नेपाल     १७ फाल्गुन २०७४, बिहीबार १४:२२    

भक्तपुर, १७ फागुन / नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले भूकम्प प्रभावित जनसमुदायलाई क्षयरोग रोकथामका उपायका बारेमा जानकारी दिएको छ ।

भक्तपुर नगरपालिका–४ मंगलाछेस्थित भूकम्प प्रभावित जनसमुदायलाई रोकथामका उपायका बारेमा जानकारी दिएको हो ।

कार्यक्रममा हालसम्म पुनःस्थापन हुन नसकेका भूकम्प प्रभावित जनसमुदायका महिला, पुरुष तथा बालबालिकालाई क्षयरोगका लक्षण, त्यसको निराकरण र रोकथामका बारेमा स्वास्थ्यकर्मी विश्वराम थापाले जानकारी दिनुभएको छ ।

सो अवसरमा वडाध्यक्ष कुमार चौवालले कसैले पनि रोग लुकाउन नहुने र बेलैमा पत्ता लगाइ रोगको उपचार गरेमा समयमै निको हुने बताउँदै क्षयरोगका बारेमा लापरबाही गर्न नहुनेमा जोड दिनुभयो ।रासस


१७ फाल्गुन २०७४, बिहीबार १४:२२ मा प्रकाशित