महामण्डलेश्वर गिरीलाई ‘गुुञ्जन नारी सम्मान’

दूरबिन नेपाल     २५ फाल्गुन २०७४, शुक्रबार १४:४५    

काठमाडौँ, २५ फागुन /  महिला साहित्यकारको संस्था गुञ्जनले शंकाराचार्यको उपाधिका लागि छनोटमा पर्नुभएका महामण्डलेश्वर स्वामी हेमानन्द गिरीलाई यहाँ आज ‘गुञ्जन नारी साहित्य सम्मान’ प्रदान गरेको छ ।

एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित सो कार्यक्रममा संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठकले गिरीलाई सो सम्मान दिनुभयो । गिरी भारतबाट शंकराचार्य उपाधिको छनोट सूचीमा पर्ने विश्वकै पहिलो महिला हुनुहुन्छ । गिरीसहित छ जना सो उपाधिका लागि छनोटमा पर्नुभएको छ ।

साहित्यमा अध्यात्मसम्बन्धी प्रवचन दिने झापा निवासी गिरी भारतको हरिद्वारमा बाबा रामदेवसँग १२ वर्ष योग र साधनामा तल्लीन हुनुभएको थियो । अध्यक्ष पाठकले गिरीले साहित्यिक अध्यात्मबारे प्रवचन दिएर नयाँ विधामा आफूलाई स्थापित गरेको बताउनुभयो । पत्रकार कमल रिजालले गिरीको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । रासस

Share and Enjoy !

0Shares
0 0 0

२५ फाल्गुन २०७४, शुक्रबार १४:४५ मा प्रकाशित