काठमांडौ वरपर भएका १२ ठुला दुर्घटनामा ३ सय १८को मृत्यु काठमांडौ उपत्यका आसपासमा भएका दुर्घटनमा वढि मानविय क्षति

दूरबिन नेपाल     २९ फाल्गुन २०७४, मंगलवार ०८:००    

आइतवार बंगलादेशी विमान दुर्घटनामा पर्दा मृत्यु भएका ४९ जना सहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र आसपासमा भएका १२ ठुला दुर्घटनामा ३ सय १८ जनाको ज्यान गएको छ । नेपाली आकाशमा भएका हवाई दुर्घटमा मृत्यु हुने कुल संख्याको यो ४५ प्रतिसत हुन आउछ । यी दुर्घटनामा ३ सय ७१ जना भने वच्न सफल भएका छन् । नेपालमा भएका हवाई दुर्घटनालाई केलाउदा काठमांडौ उपत्यका आसपासमा भएका दुर्घटनमा वढि मानविय क्षति भएको देखिन्छ । वर्षमा एकलाख पटक जहाजको उडान र अवतरण साथै ४३ लाख यात्रुको आवत जावत हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वरपर नै जहाज दुर्घटना वढि हुनुले नेपालको पर्यटन क्षेत्रलाई प्रभावित पार्ने संभावना छ ।


२९ फाल्गुन २०७४, मंगलवार ०८:०० मा प्रकाशित