अर्थ/वाणिज्य

‘त्रिशूली बी’ को शेयर आवेदन खुला,  प्रधानमन्त्री ओलीद्वारा  १० हजार कित्ताका लागि    आवेदन

काठमाडौँ, ७ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताउनुभएको छ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को शेयर आवेदन....
पुरा पढ्नुहोस »

शेयर बजार : सात अङ्कले घट्यो

काठमाडौँ, ७ चैत  : पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार आज पनि करीब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ विन्दुले घटेर २४२.४७....
पुरा पढ्नुहोस »

आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा १२ सय मेगावाट विद्युत् थप हुँदै

रमेश लम्साल  काठमाडौँ ।  आगामी आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई....
पुरा पढ्नुहोस »

माथिल्लो तामाकोशीको भौतिक प्रगति ९८ प्रतिशत

काठमाडौँ ।  सरकारको सार्थक प्रयासपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगतिमा गुणात्मक प्रगति देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको भौतिक प्रगति करीब ९८....
पुरा पढ्नुहोस »

विदेशबाट नेपाल पैसा पठाउने २८ प्रतिशलते बढ्याे 

काठमाडौँ ।  वैदेशिक रोजगारीमा रहेका नेपाली युवाले चालू आर्थिक वर्षको सात महीनामा रु पाँच खर्ब १५ अर्ब ५५ करोड विप्रेषण नेपाल पठाएका छन् । विप्रेषण आप्रवाहमा २८ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दशमलव सात प्रतिशतले....
पुरा पढ्नुहोस »

पाँच लाखमाथिको कारोवारमा मात्रै प्यान  : धितोपत्र बोर्ड

काठमाडौँ ।  शेयर बजारमा लामो समयदेखि विवादको विषय रहँदै आएको स्थायी लेखा नम्बर(प्यान)को समस्या समाधान भएको छ । नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गर्ने व्यवस्था गरिएको जनाएको छ । आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा शेयर कारोवार....
पुरा पढ्नुहोस »

हङकङमा सुनको मूल्य बढ्यो

हङकङ ।  हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ । चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो । बुधबार एक....
पुरा पढ्नुहोस »

दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए

  काठमाडौँ ।  सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो....
पुरा पढ्नुहोस »

नेपाल भ्रमण वर्ष–२०२०, युरोपको बर्लिन जर्मनीमा शुभारम्भ

  काठमाडौँ ।  नेपाल भ्रमण वर्ष–२०२०, युरोपको बर्लिन जर्मनीमा शुभारम्भ गरिएको छ । बर्लिनको लोगेन हाउसमा एक समारोहकाबीच जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल र नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले संयुक्त रुपमा भ्रमण वर्ष युरोपको उद्घाटन गर्नुभयो । उक्त अवसरमा....
पुरा पढ्नुहोस »

भृकुटीमण्डपमा चलिरहेको औद्योगिक व्यापार मेलामा १० करोड बढीको कारोवार

  काठमाडौँ ।  प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चलिरहेको ‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ को तेस्रो दिनसम्म रु १० करोड २५ लाख बराबरको कारोवार भएको छ । आजसम्म मेलामा एक लाख ८७ हजार जनाले सो मेलाको अवलोकन गरेको आयोजक नेपाल घरेलु तथा साना उद्योग....
पुरा पढ्नुहोस »

एक लाख ६३ हजार करदाता थपिए

  काठमाडौँ ।  राजश्व नीति तथा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगिएका कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म थप एक लाख ६३ हजार ७१० करदाता करको दायरामा आएका छन् । अर्थ मन्त्रालयका अनुसार कूल एक लाख ३२ हजार २१ आयकरतर्फ नयाँ दर्ता भएका छन् । मूल्य अभिवृद्धि कर (भ्याट)मा २० हजार ७४ नयाँ करदाता....
पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव भृकुटी मण्डपमा शुरु

  काठमाडौँ ।  ‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि भृकुटी मण्डपमा शुरु भएको छ ।   मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ उद्घाटन गर्नुभयो । मेला बिहीबारदेखि शुरु भएको भए पनि आज अन्तर्राष्ट्रिय....
पुरा पढ्नुहोस »

तनहुँ हाइड्रोद्वारा  इटाली  कम्पनी सिएमसीसँको ठेक्का सम्झौता रद्द

  रमेश लम्साल काठमाडौँ ।  तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको ठेकेदार कम्पनी सिएमसीसँको ठेक्का सम्झौता रद्द गरेको छ । कम्पनीले आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालीको उक्त कम्पनीलाई जिम्मा दिएको थियो । गत माघ ४ गते ठेक्का कार्यान्वयनमा....
पुरा पढ्नुहोस »

लक्ष्यअनुसार नै आर्थिक वृद्धि हुन्छ : अर्थमन्त्री

काठमाडौँ ।  अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सातदेखि आठ प्रतिशतको बीचमा हुनसक्ने प्रक्षेपण गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उहाँले सरकारले तय गरेकै लक्ष्यको हाराहारीमा आर्थिक वृद्धिदर....
पुरा पढ्नुहोस »

पचास दरका २३ करोड थान नयाँ नोट छापिँदै, दशैँ सम्म नयाँ नाेट आउने

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम....
पुरा पढ्नुहोस »