अर्थ/वाणिज्य

शेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौँ, ३ चैत/ शेयर बजारमा यस साता रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७ दशमलव ९२ प्रतिशत कम हो । गत साता १७१ कम्पनीको ४७ लाख ९३ हजार १२० कित्ता....
पुरा पढ्नुहोस »

विद्युत् हुकिङबाट रु १८ लाख जरिवाना असुल

राजविराज, १ चैत / नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट रु १८ लाखभन्दा बढी असुली गरेको छ । विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरुप उक्त रकम असुल गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले....
पुरा पढ्नुहोस »

खानेपानी आयोजनाका लागि रु दुई करोड संकलन

मंगलबारे, इलाम, १ चैत / शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनका लागि इलाम बजारका स्थानीयवासीले रु दुई करोड संकलन गरेको छ । एशियाली विकास बैंकको सहयोगमा रु ८५ करोडको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कूल लागतको पाँच प्रतिशत रकम संकलन गर्नुपर्ने भएकाले सो रकम संकलन गरिएको हो....
पुरा पढ्नुहोस »

महायज्ञबाट रु ३३ लाख संकलन

दाङ, ३० फागुन ९ / यहाँस्थित केशवराज झुपाकुमारी वृद्धाश्रमको स्तरवृद्धिका लागि सञ्चालन गरिएको महायज्ञबाट रु ३३ लाख १५ हजार रकम सकंलन भएको छ । महायज्ञमा विमल रिजाल, चिरञ्जीवी रिजाल र तेजकुमारी बुढाथोकीले रु १० लाख मूल्य बराबरको जग्गा दान गर्नुभएको छ । महायज्ञमा सबैभन्दा बढी रामबहादुर केसीले रु एक लाख....
पुरा पढ्नुहोस »

पाँच करोडको लागतमा खानेपानी आयोजना

कञ्चनपुर, ३० फागुन / बेदकोट नगरपालिका–९ को सुन्दरपुरमा रु पाँच करोड ६८ लाखको लागतमा खानेपानी आयोजना निर्माण थालिएको छ । बैजनाथ मन्दिरले उपलब्ध गराएको छ कट्टा जग्गामा खानेपानी आयोजना निर्माण शुरु गरिएको हो । आयोजनाका लागि दुई लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण र दुई वटा बोरिङ गाड्ने कार्य पूरा....
पुरा पढ्नुहोस »

महायज्ञबाट रु एक करोड २५ लाख सहयोग

विराटनगर, २८ फागुन / सरकारको स्मार्ट सिटी र ई–लाइब्रेरीको सोचलाई साकार बनाउन विष्णुमाया पुस्तकालय विराटनगरले उक्त कार्यको शुरुवात गर्न लागेको छ । आधुनिक सामुदायिक भवन सहितको ई–लाइबे्ररी सञ्चालन गर्न यही फागुन २० देखि २७ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा दाताहरुले रु एक....
पुरा पढ्नुहोस »

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, २७ फागुन / शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतबार सामान्य अंकले वृद्धि भएको नेप्से आज भने दोहोरो अंकले घटेर एक हजार २८४ दशमलव ९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से आज ३१ दशमलव ४ बिन्दुले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ....
पुरा पढ्नुहोस »

अन्तराष्ट्रिय व्यापार मेला जारी

काठमाडौं, २६ फाल्गुन/ काठमाडौंको भृकुटीमण्डपमा जारी ७ औै अन्तराष्ट्रिय व्यापार मेलामा शनिबारसम्म करिव ५ करोडको आर्थिक कारोबार भएको छ । विहिबारबाट सूरु भएको मेलाको तेस्रो दिन शनिबारसम्म करिव ५ करोडको आर्थिक कारोबार भएको हो । ५ दिनसम्म चल्ने मेलाको तेस्रो दिनसम्म करिव २५ हजार अवलोकनकर्ताले मेला....
पुरा पढ्नुहोस »

सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, आर्थिक विकास र समृद्धि अबको मार्गचित्र

काठमाडौँ, २४ फागुन /  राष्ट्रिय अर्थतन्त्रलाई उकास्दै नेपाली वस्तु तथा सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि यहाँ पाँच दिवसीय सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला प्रारम्भ भएको छ । नेपालसहित भारत, चीन, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था....
पुरा पढ्नुहोस »

तटबन्धनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

उर्लाबारी, मोरङ, २४ फागुन वर्षेनी वर्षायाममा दुुःख दिने मोरङको बक्राहा खोलामा व्यवस्थित तटबन्धनको माग गर्दै स्थानीयवासीले बुधबार बेलुका १ नं प्रदेशका मुुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुुझाएका छन् । बक्राहा खोला नियन्त्रण तथा तराई मधेश चुरे संरक्षण विकास पहल समितिमार्फत सुनसरीको इटहरीमा....
पुरा पढ्नुहोस »

स्नातकोत्तरका लागि महायज्ञबाट रु एक करोड

ताप्लेजुङ, २४ फागुन (रासस) ः ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि गत माघमा लगाइएको महायज्ञमा रु एक करोडभन्दा बढी आर्थिक संकलन भएको छ । स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले आयोजना गरिएको महायज्ञबाट....
पुरा पढ्नुहोस »

आर्थिकरुपमा संघीयता कार्यान्वयन चुनौतीपूर्ण :अर्थमन्त्री

काठमाडौँ, २३ फागुन आर्थिकरुपमा संघीयता कार्यान्वयन गर्न र चुलिएको जनआकांक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको सरकारका आर्थिक निकायका प्रमुखले टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँहरुले स्रोत जुटाएर....
पुरा पढ्नुहोस »

आर्थिक वृद्धिदर ६ प्रतिशत रहने

काठमाडौँ, २३ फागुन  चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थ मन्त्रालयले जनाएको छ । बजेटको अर्धवार्षिक समीक्षाअनुसार बाढीका कारण वर्षे बालीमा परेको नकारात्मक असरका कारण लक्ष्यभन्दा केही कम आर्थिक वृद्धि हुने देखिएको हो । सरकारले चालु आवको बजेटमा ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य....
पुरा पढ्नुहोस »

मितव्ययी नीति लिँदै सरकार

काठमाडौँ, २३ फागुन संघीयता कार्यान्वयन भएसँगै चुलिएका असीमित दायित्वलाई सम्बोधन गर्न सरकारले चालू खर्चलाई नियन्त्रण गर्दै पूँजीगत खर्चको स्रोत प्रवाहमा मितव्ययी हुने नीति अपनाउने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा अर्थ....
पुरा पढ्नुहोस »

काभ्रे महोत्सव शुरु

धुलिखेल, २३ फागुन/ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल उद्योग वाणिज्य संघले आयोजना गरेको ‘काभ्रे महोत्सव–२०७४’ को उद्घाटन गर्नुभयो । ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ धुलिखेल रंगशालामा....
पुरा पढ्नुहोस »