अर्थ/वाणिज्य

बाइस वर्षमा पनि बनेन १,२०० मिटर नहर

भीमदत्तनगर, १३ फागुन९ / नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धिअनुसार भारतले बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणमा कुनै चासो देखाएको छैन । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालको सीमाक्षेत्रमा पर्ने मटेनासम्म एक हजार २०० मिटर लामो पुल नहर निर्माणको काम भारतले....
पुरा पढ्नुहोस »

विदेशिनुभन्दा स्वदेशमै लगानी

सुरुङ्गा, झापा, १३ फागुन / बढ्दो वैदेशिक रोजगारीको मोहका कारण विदेशिने युवाका सामु सुरुङ्गाका युवा नमुना बनेका छन् । नेपालमा भनेजस्तो काम नपाइने र कमाइ गर्न पनि नसकिने भन्दै शैक्षिक प्रमाणपत्र काखी च्यापेर मेनपावर धाउनेको जमात पनि उत्तिकै छ । सुन्दर भविष्यको कल्पना गर्दै लाखौँ रुपैयाँ ऋण खोजेर....
पुरा पढ्नुहोस »

शेयर बजार : एक अर्ब ७० करोडको कारोबार

काठमाडौँ, १२ फागुन/ धितोपत्र बजारमा यस साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १० दशमलव ७५ प्रतिशतले बढी हो । गत साता १७९ कम्पनीको ३७ लाख ९२....
पुरा पढ्नुहोस »

सात करोडको लागतमा सहकारी भवन

पोखरा, ११ फागुन ९/ पोखरा लेखनाथ महानगरपालिका–१७ बिरौटामा निलगिरि बचत तथा ऋण सहकारी संस्थाले करिब रु सात करोडको लागतमा १५ कोठे भवन निर्माण गरेको छ । कास्कीलाई कार्यक्षेत्र बनाएर विगत २० वर्षअघिदेखि सञ्चालनमा आएको संस्थाको नवनिर्मित भवन प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले आज उद्घाटन....
पुरा पढ्नुहोस »

‘बीमा र वित्तीय क्षेत्रको सम्बन्ध घनिष्ट हुनुपर्ने’

काठमाडौँ ११ फागुन / नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले बीमा र वित्तीय क्षेत्रको सम्बन्ध एक आपसमा घनिष्ट हुनुपर्ने बताउनुभएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वित्तीय क्षेत्र एकअर्काका परिपूरक भएकाले....
पुरा पढ्नुहोस »

परियोजना करार र भुक्तानीमा प्रगति

काठमाडौँ, ११ फागुन / एसियाली विकास बैंक (एडिबी)को सहयोगमा मुलुकमा सञ्चालित केही परियोजना द्रुत गतिमा कार्यान्वयन भएका पाइएको छ । केही परियोजना करारमा उल्लेख्य प्रगति भएको छ भने भुक्तानी दर पनि उच्च मात्रामा भएको छ । एडिबीको सहयोगमा सञ्चालन हुने विकास–निर्माणका आयोजनाको करार सम्झौता ४३ करोड ५९ लाख....
पुरा पढ्नुहोस »

आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

काठमाडौँ, ११ फागुन / राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ । यसका लागि विभागले ७७....
पुरा पढ्नुहोस »

नेपाल भ्रष्टाचारको १२२औँ स्थानमा

पोखरा, १० फागुन / ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) द्वारा आज सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२औँ स्थानमा छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा टिआइले १८० देशलाई समेटेर गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी....
पुरा पढ्नुहोस »

रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

काठमाडौँ, १० फागुन / धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका....
पुरा पढ्नुहोस »

महोत्सवमा तीन करोडको कारोबार

भीमदत्तनगर, १० फागुन ९/ कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा सम्पन्न प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा रु तीन करोडको कारोबार भएको छ । गत पुस २९ देखि फागुन ९ गतेसम्म सञ्चालन भएको उक्त महोत्सवमा सो रकम बराबरको कारोबार भएको आयोजक कञ्चनपुर उद्योग वाणिज्य संघका....
पुरा पढ्नुहोस »

डेढ करोड कर्जा लिई ठगी गर्ने पक्राउ

काठमाडौँ, ९ फागुन (रासस) ः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी माछापुच्छ«े बैँक, पुतलीसडक शाखाबाट रु एक करोड ४२ लाख कर्जा लिएका कामपा–३०, धोविधाराका अशोकहर्ष....
पुरा पढ्नुहोस »

सम्सीको बजेट रु २८ करोड ४४ लाख

गौशाला, ९ फागुन / महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड ४४ लाख बजेट प्रस्तुत हुँदै प्रथम गाउँसभा सम्पन्न भएको छ । सडक सञ्जाल, स्वास्थ्य सेवा, खानेपानी, विशेष शिक्षा योजना, कृषि योजनालगायत योजनालाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्दै सम्सी गाउँपालिकाका उपाध्यक्ष नगिनादेवी यादवले....
पुरा पढ्नुहोस »

चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक

मंगलबारे, इलाम, ९ फागुन /  प्र्रदेश नं १ मा चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ । प्र्रदेश नं १ का सभासद राम रानाले मंगलबार ‘चिया क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धमा केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालले आयोजना गरेको एकदिने कार्यशालामा प्राङ्गारिक....
पुरा पढ्नुहोस »

सात महिनामा ४३ अर्बको इन्धन आयात

पर्सा, ९ फागुन / चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३÷७४ को....
पुरा पढ्नुहोस »

किसानलाई बजारको समस्या

रामपुर, पाल्पा, ९ फागुन / तरकारी बिक्री गर्न बजार नपाउँदा रामपुर नगरपालिका–१० गेझाका कृषक चिन्तित छन् । स्थानीयवासी लिलानाथ भण्डारीले खेतबारीमा वर्षेनी विभिन्न जातका तरकारी फलाउने गर्नुहुन्छ । बिक्रीका लागि उहाँले अहिलेसम्म बजार पाउनुभएको छैन । भण्डारीले वर्षेनी करिब तीन रोपनी जमिनमा तरकारी....
पुरा पढ्नुहोस »