अर्थ/वाणिज्य

शेयर बजार – एक अर्ब बढीको कारोबार

 काठमाडौँ, २० माघ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार बराबरको शेयर बिक्री भएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर बिक्री भएको थियो । कारोबार रकम गत साताको भन्दा २१ दशमलव २८ प्रतिशत कम हो ।  गत साता १७७ कम्पनीको रु एक अर्ब ७३ करोड ९० लाख १४....
पुरा पढ्नुहोस »

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

 काठमाडाँै, २० माघ । धितोपत्र बजारमा एकै पटक रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन हुने भएको छ ।  रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आगामी फागुन ११ गतेदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर संरचना....
पुरा पढ्नुहोस »

दोस्रो रामपुर महोत्सव स्थगित

रामपुर, पाल्पा, १९ माघ / आगामी फागुन १६ देखि २५ गतेसम्म यहाँ हुने भनिएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला–२०७४ स्थगित गरिएको छ । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुन लागेको मेला स्थगनबारे पत्रकार सम्मेलनमार्फत बिहीबार जानकारी गराइएको हो । संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले....
पुरा पढ्नुहोस »

लगानी प्रवद्र्धनका लागि दश अर्बको लगानी कोष स्थापना गर्दै एनआरएन

काठमाडौँ, १६ माघ | गैरआवासीय नेपाली संघ(एनआरएन)ले नेपालको लगानी प्रवद्र्धनका लागि रु १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ । एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आज भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न....
पुरा पढ्नुहोस »

सम्पत्ति शुद्धीकरण – सहकारी र बैंकका सदस्यको जानकारीसहितको लगत राख्न अनिवार्य

 काठमाडौँ, १६ माघ । सरकारले सहकारी संघसंस्था तथा बैंकका सदस्यको सम्पूर्ण जानकारीसहितको लगत राख्न सम्बन्धित संस्थालाई निर्देशन दिएको छ ।  सम्पत्ति शुद्धीकरण ऐन जारी भएको ठीक १० वर्षपछि सोमबारदेखि लागू हुनेगरी सरकारले सो निर्देशन दिएको हो ।  सहकारी संस्थाले ऐन तथा नियमावलीले निर्दिष्ट गरेबमोजिम....
पुरा पढ्नुहोस »

एमाले अध्यक्ष ओलीले भने- देश विकासका लागि अवैध पैसा बजारमा आउनुपर्छ,कर लिएर वैध बनाऔं

काठमाडौं ,१५ माघ : भावी प्रधानमन्त्रीका रुपमा हेरिएका  नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश विकासका लगि अवैध पैसा बजारमा आउनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६७ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीलाई सोमबार बधाई दिँदै ओलीले देश विकासका लागि अवैध पैसालाई बजारमा आउन दिनुपर्ने र ती पैसालाई....
पुरा पढ्नुहोस »

राजस्व विभागका पूर्व महानिर्देशक शर्माविरुद्ध अकुत सम्पत्ति मुद्दा दायर (आरोपपत्रसहित)

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध सोमबार अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको छ। शर्माले सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् २०७३ मंसिर मसान्तसम्म ४ करोड २९ लाख बराबर अकुत सम्पत्ति आर्जन गरेको आरोपपत्र....
पुरा पढ्नुहोस »

बैंकिङ कसुरका दोषी खड्का पक्राउ

रत्ननगर, चितवन, १५ माघ / बैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति विमल खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौँको साविक गागलफेदी गाविस–५ घर भएका ३४ वर्षीय खड्का पक्राउ परेका हुन् । उनलाई भरतपुर....
पुरा पढ्नुहोस »

लेखा व्यवसायी महासंघ साफाको वार्षिकोत्सव काठमाडौँमा गर्ने

काठमाडौँ, १५ माघ । दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) ले सदस्य संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को २१ औँ वार्षिकोत्सवको अवसरमा यहाँ विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।  संस्थाले यही माघ १६ देखि १८ सम्म लेखा तथा वित्तीय जोखिम व्यवस्थापन, पारदर्शीता र व्यवस्थापनसम्बन्धी....
पुरा पढ्नुहोस »

सुदूरपश्चिमवासीको गुनासो :अझै कति वर्ष कुर्नुपर्छ पश्चिम सेतीका लागि

काठमाडौँ– पश्चिम सेती जलविद्युत् आयोजनाको बारेमा सुदूरपश्चिमवासीले सुन्न थालेकै २४ वर्ष बितिसक्यो। आयोजनाको प्रतीक्षामा बस्दाबस्दै धेरैको सपना ओइलायो, धेरैका सपना खण्डित पनि भए। लामो समयदेखि विकास निर्माणको कामसमेत रोकेर काठमाडौँलाई पर्खीबसेका सुदूरपश्चिमवासीमा फेरि पनि आयोजना नबन्ने हो कि....
पुरा पढ्नुहोस »

रक्षा बजेट बृद्धिगर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

वासिङ्टन, १३ माघ (रासस÷सिन्ह्वा) :अमेरिकी राष्ट्रति ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लाग्नुभएको बताइएको छ । उहाँले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गर्नुभएको समाचारमा जनाइएको छ । काँग्रेसले सो बजेट पारित गर्न त बाँकी नै छ,....
पुरा पढ्नुहोस »

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

दाङ, १२ माघ :आन्तरिक राजश्व कार्यालय, दाङले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ । राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो । राजश्व कार्यालयले छ महिनाको अवधिमा रु ६२ करोड ५४ लाख १७....
पुरा पढ्नुहोस »

बजेट निकासा गर्ने वातावरण मिलाउन महासंघको आग्रह

काठमाडौँ, १० माघ  नेपाल निर्माण व्यवसायी महासंघले सडक विभागअन्तर्गत निर्माण सम्पन्न भएका कामको बजेट चाँडो निकासा गर्ने वातावरण मिलाउन आग्रह गरेको छ । महासंघको एक टोलीले आज सडक विभागका महानिर्देशक गोपाल सिग्देललाई भेटेर काम गरेको बजेट निकासा नभएका कारण व्यवसायीहरु ठूलो आर्थिक मारमा परेको भन्दै....
पुरा पढ्नुहोस »

दुई वर्ष पुराना मुद्दा शून्यमा झार्दै राजस्व न्यायाधीकरण

काठमाडौँ, ९ माघ : करसम्बन्धी मुद्दा हेर्ने अदालत राजस्व न्यायाधीकरणले चालू आवको अन्त्यसम्म दुई वर्ष नाघेका मुद्दालाई फछ्र्योट गर्ने योजनासहित आन्तरिक क्रियाकलाप अगाडि बढाएको छ । कर निर्धारणका विषयमा असुली गर्ने (सरकार) र तिर्ने (करदाता) बीच विवाद भएपछि न्यायका लागि राजस्व न्यायाधीकरणमा मुद्दा....
पुरा पढ्नुहोस »