बिबिध

सडकले आतंक बढायो

ताप्लेजुङ, १ साउन ९ / बस्तीमाथि रहेको भिरालो जमीनमा सडक खनेपछि आफूहरु पहिरोको जोखिममा परेको भन्दै सिरिजंघा गाउँपालिका–७ खेवाङका छ घर दलित परिवारले घर नै छाडेर अन्तै सरे । तीमध्ये कोही तराईतिर बसाइँ सरेर गए भने कोही नजिकैका बस्तीमा गएर बसे । जेठ लाग्दै घर छाडेकाहरु अहिले खेती कमाइका लागिमात्रै त्यहाँ....
पुरा पढ्नुहोस »

भक्तपुरमा बजार अनुगमन, अधिकांश पसल गैरकानूनी

भक्तपुर, १ साउन / भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल....
पुरा पढ्नुहोस »

चारसय किसानलाई क्यान वितरण

नुवाकोट, ३२ असार / भूकम्पबाट प्रभावित यहाँका ४०० किसानलाई आज जिल्ला पशु सेवा कार्यालयले ट्यामी (दूध बोक्ने क्यान) वितरण गरेको छ । दूध बिक्री गर्दै आएका किसानलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनःनिर्माण कोषअन्तर्गत पशु सेवा कार्यक्रममार्फत प्राप्त अनुदान रकमबाट क्यान वितरण गरिएको हो....
पुरा पढ्नुहोस »

चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री

काठमाडौँ, ३१ असार / आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा....
पुरा पढ्नुहोस »

बेलिब्रिज निर्माण

बाबियाचौर, म्याग्दी, ३१ असार / फेदिस्थित दाङखोलामा बेलिब्रिज निर्माण भएपछि म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका सिधा सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका– ७ र मालिका गाउँपालिका– ५ को सिमानामा पर्ने दाङ खोलामा रु ३५ लाख आठ हजार ४८ को लागतमा २१.२० मिटर लामो बेलिब्रिज....
पुरा पढ्नुहोस »

सौराहामा प्रवेशद्वार निमार्णको काम तीव्र

चितवन, ३१ असार / पर्यटकीय नगरी सौराहा प्रवेश गर्ने बूढीराप्ति पुलमा प्रवेशद्वार निर्माणलाई तीव्रता दिइएको छ । पर्यटकीय क्षेत्र प्रवेश गरेको अनुभूति दिलाउने गरी तीन वर्षअघि प्रवेशद्वार निर्माण थालिएको भए पनि कामले पूर्णता पाएको थिएन । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार....
पुरा पढ्नुहोस »

‘बहुविवाह’ मा कानूनी उपचार खोज्दैनन् महिला

लिबाङ (रोल्पा) २९ असार । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस जस्ता गरिमामय पदमा महिलाहरु पुगिसक्दासम्म पनि रोल्पाका केही महिला बहुविवाह कानूनी अपराध हो भन्नेबारे अझै अनभिज्ञ छन् । बहुविवाहलाई कानूनले वर्जित गरेको छ । तर पनि रोल्पामा श्रीमान्ले दोस्रो विवाह गरेका धेरैजसो महिलाले यस विषयमा आफूहरु....
पुरा पढ्नुहोस »

सात हजार टन रासायनिक मल बिक्री

धनगढी, २९ असार / कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बर्खे धानका लागि सात हजार ३०० टन रासायनिक मल बिक्री गरेको छ । सरकारको अनुदानित मल बिक्री वितरण गर्दै आएको सो कार्यालयले गएको चैतदेखि हालसम्म डिएपी दुई हजार ७७४, युरिया चार हजार ४८१ र पोटास ९५ टन मल बिक्री गरेको छ । दुई सय २५ भन्दा....
पुरा पढ्नुहोस »

रु पच्चीस लाखको लागतमा कभर्ड हल निर्माण हँुदै

रामपुर, पाल्पा, २९ असार / रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ । राष्ट्रिय खेलकूद परिषद्को कूल रु २५ लाखको लागतमा निर्माण हुन लागेको कभर्ड हल १८ मिटर चौंडाई र ३० मिटर लम्बाइको छ । हल निर्माणबाट ब्याटमिण्टन, भलिबल, तेक्वान्डो, कराँते लगायतका विभिन्न खेल सञ्चालनमा सहज....
पुरा पढ्नुहोस »

जासुसी क्यामेराबाट चोरी शिकारमा संलग्न पक्राउ

कञ्चनपुर, २९ असार / शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ । चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका लागि काम अगाडि बढाएको छ । निकुञ्जका....
पुरा पढ्नुहोस »

रोकिएन पोलिथिन झोलाको प्रयोग

ललितपुर, २८ असार / पोलिथिन झोलाको उत्पादन नरोकिँदा बजारमा खपत रोकिएको छैन । यस्तो झोलाको प्रयोगलाई निरुत्साहित गर्न सरकारले निर्देशिका बनाउनुका साथै कपडाको झोला प्रोत्साहनका कार्यक्रम ल्याए पनि पोलिथिन झोलाको उत्पादन नरोकिएको वातावरण विभागले जनाएको छ । प्लास्टिक उद्योगले उत्पादन गरिरहँदासम्म....
पुरा पढ्नुहोस »

नौ करोडको ७५ लाखको लागतमा खानेपानी आयोजना

कञ्चनपुर, २८ असार / शुक्लाफाँटा नगरपालिका–८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ । आयोजनाको बोरिङ गर्ने कार्य शुरु गरिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार सात सय घरधुरी लाभान्वित हुने वडा नं ८ का वडाध्यक्ष बहादुर महराले बताउनुभयो । चुरे....
पुरा पढ्नुहोस »

फोहोरबाट मोहर बनाउँदै महिला

लहान, २८ असार / सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ । चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा फ्याँक्न होइन्, ती फोहोरबाट मोहर बनाउन हतारो हुन्छ । बिहानै टिपेको झारपात....
पुरा पढ्नुहोस »

कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्था

जाजरकोट, २८ असार / यहाँको एक दुर्गम ठाउँमा रहेको स्वास्थ्य संस्थामा कार्यालय सहयोगीले स्वास्थ्य चलाउने गरेका छन् । जिल्लाको जुनिचाँदे गाउँपालिका–८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा चलेको छ । वैशाख ५ गतेदेखि कार्यालय सहयोगी नरबहादुर बस्नेतको भरमा सो कार्यालय सञ्चालन हुँदै....
पुरा पढ्नुहोस »

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

रामपुर, पाल्पा, २७ असार / सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै....
पुरा पढ्नुहोस »